निर्वाचनमा अवैध मत खस्यो भन्दै ट्रम्पले दायर गरेको निवेदन अदालतद्वारा खारेज

७ मंसिर ७७, आइतबार

७ मंसिर, एजेन्सी ।
हुलाक मार्फत खसालिएका दशौँ लाख मतलाई अवैध गर्न माग गरि ट्रम्प पक्षले पेन्सिलभेनियामा दायर गरेको मुद्दा न्यायाधीशले खारेज गरेका छन्।

Advertisement

अमेरिकाको संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प पक्षले निर्वाचनसम्बन्धी निवेदन खारेज गरिदिएको हो। अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट्स् उम्मेदवार जो बाइडेनका पक्षमा कैयन् फर्जी मत खसेको आरोप लगाउँदै ट्रम्प पक्षधरले अदालतमा निवेदन दिएका थिए।

ट्रम्प पक्षले दाबी गरेको आरोप सत्य नरहेको भन्दै शनिवार उक्त निवेदन पेन्सलभानिया जिल्ला अदालतले खारेज गरेको सिएनएनले उल्लेख गरेको छ।

Advertisement

संविधान उल्लंघन गर्ने अधिकार अदालतलाई नभएको उल्लेख गर्दै उक्त अदालतका एक न्यायाधीश म्याथ्यु ब्रायनले ट्रम्प पक्षको दाबीमा पुष्टि हुने आधार नदेखिए बताएका छन्।

गत सोमवार नै निर्वाचन बाइडेनको पक्षमा रहेको प्रमाणित भइसकेको छ। ट्रम्प अभियानले राष्ट्रपति निर्वाचनमा धाँधली भएको, फर्जी मत खसेको र फर्जी हस्ताक्षर भएका मतहरु खसेको आरोप लगाउँदै आएका छन्।

Advertisement

ट्रम्पले जर्जियामा पुन मतगणनासमेत गर्न लगाए। तर परिणाम भने उनको पक्षमा आएन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top