प्रधानमन्त्रीसँग घुन्सावासीको मागः उपचार नपाएरै मर्नुपर्ने दिन नआओस् !

७ मंसिर ७७, सोमबार

घुन्सा :फक्ताङलुङ गाउँपालिका ६ घुन्साकी डोङ्गा शेर्पाले २०७२ सालमा प्रशवमै ज्यान गुमाइन् । घरमै सुत्केरी भएकी उनको रगत थामिएन । साल पनि झरेन ।

अत्याधिक रक्तश्रावका कारण बच्चा जन्मिएको दुई दिनपछि डोङ्गा र नवजान शिशुको मृत्यु भएको थियो । घुन्सामा पछिल्लो दुई दशकमा चार महिलाको प्रशवमै मृत्यु भएको स्थानीय टासी तेञ्जिङ शेर्पाले बताए । अन्य स्वास्थ्य समस्या पर्दा पनि उपचार पाउन कठिन छ ।

सोमबार घुन्सा आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुन्सावासीले स्वास्थ्य समस्या समाधानको माग प्रमुख रुपमा राख्ने भएका छन् । ‘मैले त उपचार गर्न नसक्दा श्रिमती गुमाएँ । यसरी उपचार नपाएर मर्ने दिन अब कसैको नआउन् भनेर प्रधानमन्त्रीज्यूलाई माग राख्ने तयारी गरेका छौं,’ डोङ्गाका श्रिमान गोङ्देलाले भने । यहाँ स्थायी स्थास्थ्य चौकीको स्थापना हुनुपर्ने मुख्य माग रहेको उनले सुनाए ।

घुन्सा फाउण्डेसनले निर्माण गरेको स्वास्थ्य इकाईको भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली घुन्सा आउन लागेका हुन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको बस्ती हो । यहाँ ४० घरको बसोबास छ । सदरमुकाम फुङलिङबाट यहाँ पुग्न तीन दिन पैदल हिड्नुपर्छ ।

स्वाथ्य चौकी दुई दिन टाढाको लेलेपमा मात्रै छ । २०७१ सालमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भएपनि भवन थिएन । फउण्डेसनले दुई वर्षअघि भवन निर्माण गरेपछि सामान्य प्राथमिक उपचार सेवा सुचारु भए पनि उपकरण र जनशक्तिको अभाव छ ।

‘भवन बनेपछि एक जना एचए बसेर सामान्य उपचार गरिरहनुभएको छ,’ स्थानीय हिमाली चुङ्दाकले भने,‘ईकाईलाई वर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी बनाएर जनशक्ति थप्न पाए धेरै राहत हुने थियो ।’ यहाँबाट नजिकको गाउँ फले, ग्याब्ला र आम्जिलेसा र कञ्चनजंघा हिमाल जाने पर्यटकले सेवा लिने गरेका छन् ।

देश विदेशबाट रकम संकलन गरेर भवन निर्माण गरेको फाउण्डेसनकी अध्यक्ष याङ्जोम शेर्पाले बताइन् । ‘मेरै आमा पनि सुत्केरी अवस्थामै बित्नुभएको हो,’ उनले भनिन्, ‘त्यसकै पीडाका कारण गाउँमा स्वास्थ्य सुविधा सहज बनाउन लागिपरेकी छु ।’ घुन्सा कञ्चनजंघा हिमालको प्रवेशद्धार पनि हो । हिमाल जाने पदमार्गको स्तरोन्नती र पर्यटकका लागि परमिटको खारेजी गरिदिनुपर्ने अर्को माग रहेको पर्यटन व्यावसायी दिपक शेर्पाले बताए । ‘संरक्षण क्षेत्र भएकाले यहाँ आउने विदेशी पर्यटकले हप्ताको १० डलर तिरेर स्पेसियल परमिट लिनुपर्छ, त्यसले गर्दा कम पर्यटक आइरहेका छन्,’ शेर्पाले भने, ‘त्यो राखेज भए पर्यटक बढ्ने थिए । घुन्सा लघु जलविद्युत् आयोजनाको क्षमता वृद्धि गरी ग्याब्ला, खम्बाचेन र आम्जिलेसासम्म विस्तार, खम्बाचेन बस्तीको नापी छुट र घुन्सा नमुना गाउँ कार्यान्वयनमा पहल गरिदिनुपर्ने स्थानीयको माग छ ।

प्रधानमन्त्रीको स्वागतका लागि बाटो, घर आँगन सरसफाई गर्ने, स्वागतद्धार र स्टेज निर्माण गरिएको छ । प्रधानमन्त्री नै गाउँमा आए पछि यहाँको विकासले गति लिनेमा स्थानीय आशावादी छन् ।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top