कक्षा १२ को परीक्षा आजबाट, एउटा कोठामा २० जना मात्रै परीक्षार्थी

८ मंसिर ७७, मंगलबार

काठमाडौं : कोभिड–१९ कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा साढे १ घण्टाको हुनेछ । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ ।

परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ । करिब डेढ घण्टाको परीक्षा आफ्नै विद्यालयमा दिन पाउनेछन् अर्थात् बोर्डले होम सेन्टरको व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राख्न पाइने व्यवस्था भएको जानकारी दिनुभयो । स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको बोर्डको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डले घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको छ । त्यसका लागि सम्बन्धित विद्यालयले विद्यार्थीलाई प्रवेशपत्र पठाउनुपर्नेछ । त्यसरी घरपायक फरक जिल्लाबाट परीक्षा दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको बोर्डको भनाइ छ । परीक्षा शुरु भएपछि अन्यलाई प्रवेशमा रोक लगाइएको छ । केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ ।

विद्यालयले हेल्थ सेन्टर राख्नुपर्नेछ । बोर्डका अध्यक्ष प्राडा पौडेलले आजबाट शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । ‘हिमाली र उच्च पहाडी जिल्लामा प्रश्नपत्र पुगिसकेका छन् अन्यको हकमा विद्यार्थी परीक्षा हलमा प्रवेश गरेपछि मात्र अनलाइन प्रश्नपत्र पठाउनेछौं।’ –अध्यक्ष प्राडा पौडेलले भन्नुभयो ।

प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्डको व्यवस्था गरेको छ । कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था छ । यो वर्ष बोर्डले उपत्यका, पूर्वाञ्चल, पश्चिमाञ्चललगायतका प्रदेशअनुसार फरक प्रश्नपत्र तयार गरेको छ ।

‘अनिवार्य विषयका करिब ५ सेट प्रश्नत्रप तयार पारेका छौं।’ –अध्यक्ष प्राडा पौडेलको भनाइ छ । बोर्डले कोभिड संक्रमण देखिएका विद्यार्थीलाई छुट्टै परीक्षा दिने व्यवस्था गरेको छ ।

बोर्डले परीक्षा सञ्चालन कार्यविधिमा उल्लेख भएअनुसार परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षाअघि सबै प्रदेश र सम्पर्क कार्यालयले सबै केन्द्राध्यक्षलाई भर्चुअल माध्यमबाट कार्यविधिको विषयमा निर्देशन दिइसकेका छन् ।

अमर्यादित क्रियाकलाप रोक्न सबै सुरक्षा निकाय परिचालित हुनेछन् । परीक्षा अनुगमन र निगरानीका लागि बोर्डमा कन्ट्रोल रुमको व्यवस्था गरिएको छ । बोर्डका अध्यक्ष प्राडा पौडेल, सदस्य सचिव दुर्गा अर्याल, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा र तीनै सुरक्षा निकायका अधिकारीले सो रुमबाट परीक्षाको अवस्थाबारे सोधपुछ गर्नेछन् ।

विशेष गरी प्रश्नपत्र पुगे नपुगेको, परीक्षामा अमयार्दित कार्य भए नभएको विषयमा जानकारी लिएर थप कार्ययोजना अघि बढाउन कन्ट्रोल रुमको व्यवस्था गरिएको सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।

प्रश्नपत्र नपुगेको खण्डमा तत्काल पु¥याउने व्यवस्था गर्ने र प्रश्नपत्र पुगेपछि परीक्षा सञ्चालन गर्न निर्देशन दिने अधिकार कन्ट्रोल रुमका अधिकारीको हुनेछ । सदस्य सचिव अर्यालले कन्ट्रोल रुमबाट परीक्षासम्बन्धी सम्पूर्ण विषयमा जानकारी लिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले परीक्षा सुरक्षाको बन्दोबस्त मिलाउनेछ ।

परीक्षाको प्रदेश परीक्षा कार्यालय, स्थानीय निकायका शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय समितिले परीक्षा अनुगमन गर्नेछ । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टाको हुनेछ । मंसिर ९ देखि सो परीक्षा १६ गतेसम्म हुनेछ । बोर्डले यो वर्ष ४० प्रतिशतका लागि मात्रै परीक्षा सञ्चालन गर्न लागेको हो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिनेछ ।

कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त विषयगत प्राप्तांकलाई शतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिनेछ । बोर्डले परीक्षा सकिएको एक साताभित्र सबै उत्तरपुस्तिका परीक्षण गरी अंक पठाउन निर्देशन दिएको छ ।

ढुक्क भएर परीक्षा दिन आग्रह

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिडविरुद्धका मापदण्ड सही ढंगले पालना गर्दै परीक्षामा सहभागी हुन परीक्षार्थीलाई अपिल गर्नुभएको छ ।

उहाँले कोभिड–१९ को संक्रमण जोखिमका कारण स्थगित भएको सात महिनापछि मंगलबारबाट शुरु गर्न लागिएको परीक्षाका बारेमा विद्यार्थी तथा अभिभावकलाई आश्वस्त पार्न सामाजिक सञ्जालमार्फत भिडियो अपिल सार्वजनिक गर्नुभएको हो ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top