चम्किए सन्दिप, लगातार विकेट लिँदै

चम्किए सन्दिप, लगातार विकेट लिँदै

विराटनगर, जेठ ६ ः भिभो आइपिएल २०१८ अन्तर्गत अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।

मुम्बई इन्डियन्स विरुद्धको खेलमा युवा स्पिनर सन्दिप लामिछानेल उत्कृष्ट बलिङ सुरुवात गरेका छन् ।

पहिलो ओभरको चौथो बलमा सुर्यकुमार यादबलाई आउट गरेका उनले नवौं ओभरको पहिलो र चौथो बलमा लगातार दुई विकेट लिन सफल भए ।

सन्दिपले नवौँ ओभरको पहिलो बलमा पोलार्डलाई ट्रेन्ट बोल्टको हातबाट क्याच गराए भने चौथो बलमा करुनल पाण्डेलाई राहुल ट्वेटाको हातबाट क्याच गराए ।

अन्तिम ४ मा पुग्न आज मुम्बईलाई जित्नै पर्ने मुम्बइले  १ सय ७५ रनको लक्ष्य पछ्याई रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.