अर्थमन्त्री पौडेललाई गृह जिल्लामै कालोझण्डा

९ मंसिर ७७, बुधबार

१० मंसिर, बुटवल ।
अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेललाई गृह जिल्ला रुपन्देहीमा कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

मंगलबार बुटवल आएका पौडेललाई बुटवलमै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले कालोझण्डा देखाएका हुन् । लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै उनीहरुले बुटवलको नेपालगञ्जरोडमा ब्यानरसहित उभिएर कालोझण्डा देखाएका हुन् ।

मन्त्री पौडेल बुटवलबाट सैनामैनामा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै थिए। कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै पौडेलविरुद्ध नाराबाजी पनि गरेका थिए।

Advertisement

सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोले कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top