नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा बिहीबार शुरु हुने

१० मंसिर ७७, बिहीबार

१० मंसिर, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ वार्षिक साधारण सभा बिहीबारबाट काठमाडौंमा शुरु हुने भएको छ ।

मुलुकका व्यवसायीहरूको सबैभन्दा ठूलो संगठनको साधारण सभा भएकोले यो साधारण सभालाई चासोपूर्वक हेरिएको छ । महासंघले सार्वजनिक गरेको सधारणसभा सम्बन्धी कार्यक्रम अनुसार मंसीर ११ गते बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले साधारण सभाको उदघाटन जुम प्रविधिबाट गर्नेछन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की व्याङकेट माइतीघर र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय छुट्टाछुट्टै रुपमा निर्वाचनको लागि मतदान हुनेछ । निर्वाचन समितिले पाँच किसिमका मतपत्र निर्वाचनको लागि प्रयोगमा ल्याउने निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।

बुधवारसम्म अद्यावधिक भएका मतदाताहरुमा एसोसिएट तर्फबाट ९२३, वस्तुगत तर्फ १०३, जिल्ला नगरबाट १०७, द्धि राष्ट्रियबाट १२ र संस्थागत तर्फ १२ गरी कुल ११५७ मतदाता सहभागी हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सहित विभिन्न पदका लागि १ सय २१ जनाले प्रतिस्पर्धामा भाग लिएका छन् । त्यसमध्ये ७० जना निर्वाचित भएर आउने छन् ।

अध्यक्षमा वरिष्ठ उपाध्यक्ष स्वतह निर्वाचित हुने व्यवस्था रहेकोले अहिले निर्वाचनको मुख्य ध्यान वरिष्ठ उपाध्यक्षमा केन्द्रित भएको छ । निर्वाचनका लागि किशोर प्रधान र चन्द्र ढकालका दुई छुट्टाछुट्टै समूह प्रतिपर्धामा रहेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top