×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026
Playing
अमेरिकी सैन्य कारबाही ‘असम्भव’ भएको इरानको दाबी, ट्रम्प आशावादी|| Nepal Times
May 04, 2026
Playing
विजय थलपति तमिलनाडुका मुख्यमन्त्री बन्दैः जोसंग छ ६०३ करोड भारू|| Nepal Times
May 04, 2026

चिया प्रवर्द्धनमा स्थानीय तह सक्रिय

१३ मंसिर २०७७

१३ मंसिर, झापा ।
पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् ।

कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ । यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने क्रम बढेको छ ।

Advertisement
Advertisement

यी कार्यबाट लामो समय प्रचारप्रसार नपुगेर गुमनाम रहेको चिया क्षेत्र केही माथि उठ्ने चिया सरोकारवालाको भनाइ छ । एक वर्ष अघि मात्रै सूर्योदय नगरपालिकाले चियाको शालिक बनाएको छ ।

बजारभित्रै निर्माण गरेको स्ट्याचुमा पहेलो रङको कित्ली (चियादानी)बाट पहेलो रङको कपमा चिया हालिराखेकोछ । बजार क्षेत्रमा बनाइएको स्टा्याचुले चियाको प्रचार गर्ने अनुमानले निर्माण गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको भनाइ छ ।

जिल्लाकै सबैभन्दा बढी चिया उत्पादन हुने सूनपामा श्रमिक, उद्योगी र किसानका लागि चिया नियमावलीसमेत निर्माण गरिएको छ । नगरले चिया सचिवालयसमेत गठन गरेको छ ।

यसले गर्दा पनि नगरपालिकामा आएको चियाका समस्या हल गर्न सहज भएको नगरप्रमुख राईको भनाइ छ । आउँदा दिनमा पनि चियाको प्रोत्साहनका लागि दृश्य सामग्री बनाउने काम बढाइने उनको भनाइ छ ।

यस्तै, इलाम नगरपालिकाले पनि चिया क्षेत्रको प्रोत्साहनका लागि इलाम बजार(चोक बजार)मा चियाकै साङ्केतिक स्तम्भ निर्माण गरेको छ । तस्वीरमा एक महिला पछाडि डोको बोकेर चिया टिप्दै गरेको देखिन्छ ।

जहाँ महिलाले लगाएको लुगा र हाउभाउ हेर्दा ग्रामीण भेगमा चिया टिप्दै गरेकोजस्तो देखिन्छ । नगरका सूचना अधिकारी रामकुमार शाहका अनुसार सो स्तम्भ तामा र पित्तलबाट निर्माण गरिएको हो ।

नगरले चियाको प्रवद्र्धनका लागि चियाको बिरुवा रोपण शुरु गर्ने गजराजसिंह थापाको (शालिक) प्रतिमा समेत निर्माण गर्दैछ । इलामकै सबैभन्दा पुरानो इलामको चियाबारीको बीच लभडाँडामा सोही प्रतिमा निर्माण गर्न थालिएको हो ।

विसं १९२० मा वडाहाकिम मिश्रले चीनबाट चिया ल्याएर रोपेको इतिहास छ । नगरले चियाको इतिहास सम्झाउनका लागि पनि मिश्रको प्रतिमा निर्माण गर्न थालेको सूचना अधिकारी शाहको भनाइ छ ।

Advertisement

शाहका अनुसार आउँदो मङ्सिर २५ मा सोही शालिकको उद्घाटन हुँदैछ ।(रासस)

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top