×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

विद्यालयमा दिइने सजायको स्वरूप बदलियो

१४ मंसिर २०७७

१४ मंसिर, कैलाली ।
विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ ।

विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् । पहिले विद्यार्थीलाई लौरोले हिर्काउने, मुर्गा (कुखुरा) बनाउने जस्ता सजाय सामान्य मानिए पनि अहिले शिक्षकमा सजाय नदिइकन पढाउने चेतना विस्तार भएको कतिपयको भनाइ छ तर कैलालीको लम्कीस्थित एक विद्यालयका छात्र अनिल चौधरी कुनै न कुनै बहानामा आफूहरुले शिक्षकबाट सजाय पाउने क्रम जारी नै रहेको बताउँछन् ।

Advertisement
Advertisement

“लठ्ठीले पिट्ने काम त गर्नुहुन्न तर कान निमोठ्ने, पिठ्युँमा हान्ने, आँखा तर्ने, केही समय उभ्याउने काम गर्नुहुन्छ”, अनिल भन्छन्, “गृहकार्य नगर्ने विद्यार्थीले यस्ता सजाय दिनहुँ जस्तै पाउँछन् । पिट्ने कार्य नभए पनि अन्य खालको सजाय भने पाइरहका छौँ ।”

टीकापुरकै एक सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई पनि विद्यालयमा सजायको स्वरूपमात्र परिवर्तन भएको जस्तो लाग्छ ।

उनको विद्यालयमा पनि विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर निकालिदिने, अरु साथीको अगाडि बेइज्जत गर्ने जस्ता कार्य शिक्षकबाट भइरहन्छन् ।

“शिक्षकले राम्रो पढ्ने विद्यार्थीसँग तुलना गर्छन्, कहिलेकाहीँ गल्ती गरेमा सबैको अगाडि भन्ने, प्रशासनमा लगेर गाली गर्ने काम भइरहन्छ”, छात्राको अनुभव छ ।

शिक्षकले पिट्दा नजानेका कुरा सोध्न गाह्रो हुने, पढ्नै मन नलाग्ने जस्ता अनुभव पनि विद्यार्थीहरु सुनाउँछन् । सरस्वती माध्यमिक विद्यालय बनगाउँकी छात्रा सुस्मिता चौधरीले विद्यालयमा सजाय विनाको वातावरण विद्यार्थीले खोज्न थालेको बताए ।

“कमजोर विद्यार्थीलाई त्यत्तिकै पनि विद्यालय जान मन लागेको हुँदैन, त्यसैमाथि सजाय पाएमा पढाइ छोड्ने जोखिम बढी हुन्छ”, छात्रा चौधरी भन्छन्, “पिट्ने वा सजाय दिनुभन्दा कमजोर विद्यार्थी, रिसालु विद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था हुनुपर्छ ।”

विद्यार्थीलाई कुट्नुपर्छ वा म कुट्छु भनेर शिक्षकले सार्वजनिक रूपमा नस्वीकारे पनि विद्यार्थीलाई सजाय नदिने शिक्षक कमै छन् । सरस्वती माविका शिक्षक रामलाल चौधरीले पिटाइ खाने विद्यार्थी शुरुमा कक्षा छोड्ने र विस्तारै पढाइ नै छोड्नसक्ने जोखिम रहेको बताए ।

विगतमा दिइने सजायलाई हेर्ने हो भने अहिले सजाय कम भएको अभिभावकको अनुभव छ । अभिभावक कमला सेठ्ठी करिब १८ वर्ष पहिले विद्यालयमा पढ्दा कक्षामा गृहकार्य नगर्ने, नियमित विद्यालय नआउने र सानो गल्ती गर्दा पनि विद्यार्थीलाई कठोर सजाय दिएको सम्झन्छन् ।

“शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको, अङ्गभङ्ग भएको घटना मलाई अहिले पनि याद छ”, उनी भन्छन्, “तर आजभोलि विद्यालयमा कुटेर पिटेर पढाउनेभन्दा सम्झाईबुझाई पढाउने अभ्यास शिक्षकले गरिरहेका छन् ।

यो विस्तारै परिवर्तन हुँदै गएको छ ।” बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थानमा शारीरिक, मानसिक यातना दिनु कानूनी अपराध हो ।

युनिसेफले सन् २०१४ मा गरेको सर्वेक्षणअनुसार नेपालमा एक वर्षदेखि १४ वर्ष उमेरसम्मका ८० प्रतिशतभन्दा धेरै बालबालिका अनुशासनका नाममा हुने हिंसाबाट प्रभावित हुने गरेका छन् ।

नानीबाबुलाई घर, समाज र विद्यालयमा बल प्रयोग गरेर अनुशासनमा राख्नु गलत भएको टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीको भनाइ छ ।

“विद्यालयमा बालबालिकामाथि गरिने व्यवहारले उनीहरुको जीवनमा नकारात्मक असर पर्छ”, शिक्षा अधिकृत चौधरी भन्छन्, “पछिल्लो समय विद्यालयमा दिइने सजाय अन्त्य गर्न शिक्षकलाई बाल मनोविज्ञान, बालमैत्री व्यवहारसम्बन्धी ज्ञान, सीप र तालिम दिन थालेका छौँ ।

विद्यार्थीलाई सजाय नदिइकन पढाउन सरकारले नीतिगतरूपमै कडाइ गरेको छ ।” चौधरी विद्यालयमा विद्यार्थीलाई शिक्षकले कुटपिट गरेमा वा अन्य कुनै दुव्र्यवहार भएमा विद्यार्थीले गुनासो गर्न सहज होस् भनी सबै विद्यालयमा ‘सुझाव पेटिका’ राख्ने व्यवस्था मिलाइएको बताउँछन् ।

Advertisement

“किशोर किशोरी मैत्री स्वास्थ्य कार्यक्रम लागू गरेका छौँ, गुनासो सुन्न शिक्षक तोकेका छौँ”, उनले भने, “एक बालक, एक बालिालाई साथी शिक्षक बनाएका छौँ । यसले बालबालिकामाथि विद्यालयमा हुने हिंसा न्यूनीकरणमा सहयोग गर्छ ।”(रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top