×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

बढ्यो पर्यटकीयस्थलमा चहलपहल

१४ मंसिर २०७७

१४ मंसिर, बाग्लुङ ।
कोभिड–१९ का कारण गत वर्षदेखि सङ्कटमा परेको बागलुङको पर्यटन पुनः जुर्मुराउन थालेको छ ।

बन्दाबन्दीकै समयमा जिल्लामा आधा दर्जन नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । कोरोना र यसका कारण गरिएको बन्दाबन्दीमा घर आसपासमा खुम्चिएका नागरिक अहिले फेरि घुम्न निस्किने प्रचलन बढेको छ ।

Advertisement
Advertisement

पछिल्लो समय गाउँ गाउँमा होमस्टे (घरबास)को विकास, पर्वत–बागलुङ जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण हुनु, बुद्ध हिल, सोलेडाँडा, कालिलेक, डुडेलेक, बेलढुङ्गा, हाँडिकोट जस्ता नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार विकास, प्रचारप्रसार र प्रवद्र्धनसँगै पर्यटकको चहलपहल हुन थालेको हो ।

कोरोनाका कारण आवागमन ठप्प प्रायः बनेका बागलुङको भकुण्डे, सर्वसिद्धि धाम पञ्चकोट, प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर, शालिग्राम सङ्ग्रहालयमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन र चहलपहल बढ्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।

“कोरोनामा शून्य भएको पर्यटन क्षेत्रमा केही आशा र उत्साहको परिदृश्य देखिन थालेको छ, नयाँ गन्तव्यको पहिचान, पूर्वाधार विकास, प्रचारप्रसार र प्रवद्र्धन गर्न सके छिट्टै जिल्लामा पर्यटन चहलपहल बढ्नेछ”, अध्यक्ष राजभण्डारीले भने ।

दशैँको केही दिनअघि मात्रै बागलुङको पर्यटन प्रवद्र्धनमा लागेका युवाहरु जिल्लाको जैमिनी नगरपालिकास्थित हाँडीकोट टापु पुगेका थिए ।

घुमन्ते र पर्यटन क्षेत्रमा कलम चलाएका र प्रवद्र्धनमा सक्रिय युवा तथा पत्रकार हाँडिकोट पुगेपछि अहिले हाँडिकोट चर्चामा छ ।  त्यस क्षेत्रमा अहिले आन्तरिक पर्यटक दैनिकजसो आउने क्रम बढेको स्थानीय तिलक क्षत्रीले बताए ।

सोही समूहका युवाहरूले पुनः दशैँपछि नयाँ पदमार्गको पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यसहित काठेखोला गाउँपालिकाको वडा नम्बर ३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमानामा अवस्थित बेलढुङ्गाबाट ताराखोलाको डुडेलेक, तमानखोलाको सोलेडाँडा बराह ताल हुँदै ढोरपाटनसम्म एक हप्ताको पैदल यात्रा गरे ।

यसलाई उनीहरुले ‘मगर सामुदायिक पदमार्ग’ नामकरण गरे । यस पदमार्गमा मगर समुदायको अधिक बस्ती भएको र संस्कार संस्कृति, खानपान, स्वागत सत्कार सबै हिसाबले मगर सामुदायिक पदमार्ग नामकरण गरिएको फोटोग्राफर आरके अदिप्त गिरीले बताए ।

अब लामो सफर गर्न चाहनेलाई यस रुटमार्फत पदयात्रा गर्ने अवसर हुनेछ । ‘पहिला गृह जिल्ला अनि स्वदेशका चार किल्ला’ भन्ने नारासहित कारोना कहरकै बीचमा बागलुङको स्थापित र नयाँ सम्भावनाका गन्तव्यमा पुगेर पर्यटन प्रर्वद्धनात्मक अभियान चलाइरहेको पर्यटन अभियानकर्मी एवं घुमन्ते टोलीका सदस्य खिमबहादुर क्षत्रीले बताए ।

“बन्दाबन्दीकै बीचमा बागलुङका नयाँ पुराना पर्यटकीय गन्तव्यमा पुगियो, समाचार, सामाजिक सञ्जाल र युट्युवको माध्यमबाट धेरै प्रचारप्रसार प्रवद्र्धन गरेर यो बीचको समय उपयोग गरियो”, क्षत्रीले भने “सामाजिक सञ्जालबाटै युवा बागलुङ जिल्लाका पर्यटकीय गतिविधिप्रति आकर्षित भइरहेका छन्, यसको प्रभावले पर्यटकीय गतिविध बढ्दै गएको छ ।”

बन्दाबन्दीकै बीचमा बागलुङ नगरपालिकाभित्रै बुद्ध हिलले पनि पहिचानसँगै राम्रै चर्चा पायो । बागलुङ नगरपालिका–६ र ७ को सिमानामा पर्ने बैजनीको पाखोमा रहेको बुद्धको आकृति भएको पहाडले पहिचान पाएसँगै अहिले दैनिक १०० को हाराहारीमा पर्यटक पुग्ने गरेको बागलुङ–६ का वडाध्यक्ष खिमराज सापकोटाले बताए ।

स्थानीय तहले पर्यटकीय क्षेत्रप्रति चासो देखाउनु, पर्यटकीय क्षेत्र भ्रमणमा युवा पुस्ताको आकर्षण तथा बढ्दो सामाजिक सञ्जालको प्रयोगले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहज भएको धौलागिरि पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष खिमानन्द कँडेलले जानकारी दिए ।

उनले ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सङ्गमस्थलका रूपमा रहेको कालिलेक, पाण्डवखानीको पञ्चधारा जस्ता नयाँ स्थानको समय कोरोना कहरका बीचनै बाहिर आएको बताए ।

विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखा र पर्वतको पाङ अदुवाबारी जोड्ने पुल अवलोकनका लागि बाहिरी जिल्लाबाट पर्यटक आइरहेका छन् ।

सरकारले लामो समयदेखि मठमन्दिर, धार्मिक गतिविधिमा रोक लगाए पनि पछिल्लो समय कालिका मन्दिर दर्शनमा आएका भक्तजनलाई सामाजिक दूरी कायम गरी दर्शन गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितका अध्यक्ष राजु खड्काले बताए ।

Advertisement

“दर्शन गर्न आएकालाई फर्काउन पनि समस्या भयो, पर्यटकीय क्षेत्रमा चहलपहल शुरु भइसकेपछि कालिका मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा विस्तारै वृद्धि भएको छ”, बागलुङ पर्यटन विकास समितिका अध्यक्ष रहेका खड्काले भने “कोरोनाले खुम्चाएको पर्यटन क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल भइरहेको छ ।”(रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top