१३ कार्तिक , काठमाण्डौ ।
कप्तान सोमपाल कामीको विस्फोटक अर्धशतकीय पारीको मद्दतमा कर्णाली याक्सद्वारा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्स चार विकेटले पराजित ।
योसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ भने विराटनगरको लगातार दोस्रो हार ।

कर्णालीको जितमा कप्तान सोमपालले ६२ रनको महत्वपूर्ण योगदान दिए।
उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे।

एनपीएलको पहिलो संस्करणदेखि कर्णालीको कप्तानी गर्दै आएका सोमपालको यो प्रतियोगितामा पहिलो अर्धशतक हो।
त्यस्तै, पवन सर्राफले ३६ रन बनाए।
ओपनर अरिफुल इस्लामले ३२ रन बनाउँदा गुल्सन झाले अविजित २८ र दीपक डुम्रेले २० रन जोडे।
विराटनगरका एञ्जेलो म्याथ्युजले तीन विकेट लिए भने चरिथ असलंका, प्रतिस जिसी र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए।
यसअघि कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो।
यता विराटनगर भने लगातार दोस्रो हारमा परेको छ।
यसअघि पहिलो खेलमा विराटनगर चितवन राइनोजसँग पराजित भएको थियो।



