सुनकोसी मरिण डाइभर्सनका निर्देशक रिजाल पक्राउ

१३ कात्तिक २०८३, शुक्रबार
Share this
734shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सनका निर्देशक कृष्णकुमार रिजाल पक्राउ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोलीले बिहीबार उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउन पत्राचार भएपछि रिजाललाई पक्राउ गरिएको हो।

पक्राउपछि उनलाई बिहीबार नै काठमाडौं पठाइएको प्रहरीको भनाइ ।

Advertisement

तर, आयोजनाका निर्देशक रिजाललाई कुन विषयमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।

सुनकोसी मरिण डाइभर्सन राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजना हो।

यस आयोजनामार्फत सुनकोसी नदीको पानी मरिण खोलामा स्थानान्तरण गरी तराईका विभिन्न क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top