१३ कार्तिक , काठमाण्डौ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज नेपालमा थप देखिने मौसमविद्हरुको भनाइ ।
यसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही ठाउँमा भारी वर्षा र हिमपातको सम्भावना ।

काठमाडौं उपत्याकासहित विभिन्न जिल्लामा रातभर वर्षा ।
मौसमविद्का अनुसार आज अपराह्नदेखि रातिसम्म कोशी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा हुन सक्ने ।

मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा पनि वर्षा हुने पूर्वानुमान ।
उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमआँधीको जोखिम रहेको तथा शनिबारदेखि भने चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान ।
चक्रवात कमजोर भइसके पनि यसको प्रभावले वर्षा, हिमपात, हावाहुरी र चट्याङको जोखिम रहेकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह ।
सरकारले सम्भावित विपद्लाई ध्यानमा राख्दै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ।
जोखिमयुक्त जिल्लामा सूचना संकलन, पूर्वतयारी र आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्वतारोहण र पदयात्रा नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह ।
ट्रेकिङमा रहेकालाई सुरक्षित स्थानमा बस्न र किसानलाई कात्तिक १४ गतेसम्म धान नकाट्न सुझाव ।



