इनम सापकोटासँग ‘कनेक्सन’को आरोपपछि फुलकोर्ट बस्दै

१३ कात्तिक २०८३, शुक्रबार
Share this
762shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश सहभागी हुने बोलाएको फूलकोर्ट बैठक आज बस्दै ।

बिहान ९ बजे बस्ने गरी बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुने उल्लेख ।

Advertisement

हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग नाम जोडिएका सूचना सार्वजनिक भएपछि न्यायालयभित्र यस विषयले चर्चा पाएको छ।

प्रधानन्यायाधीश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका थिए।

Advertisement

उनले आफूलाई सापकोटासँग जोडेर आएका सूचनाप्रति आपत्ति जनाउँदै आरोप अस्वीकार गरेका छन्।

यसैगरी, सर्वोच्च अदालतका दुई न्यायाधीश हरि फुयाल र श्रीकान्त पौडेलको पनि सापकोटासँग कुराकानी भएको भनिएका सन्देश सार्वजनिक भएका छन्।

ती सन्देश सार्वजनिक भएपछि दुवै न्यायाधीशले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्।

घटनाबारे नेपाल बार एसोसिएसनले भने न्यायाधीशमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको छ।

न्यायाधीशहरूको नाम बिचौलियासँग जोडिएपछि उठेका प्रश्न र सार्वजनिक भएका विवरणका बीच प्रधानन्यायाधीशले फूलकोर्ट बैठक बोलाएका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top