१३ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र हिरासतमा रहेका बिचौलिया इनम सापकोटालाई जोडेर सार्वजनिक भएका विषयप्रति प्रहरीले सार्वजनिक गर्याे आफ्नो धारणा ।
प्रहरीले नेतृत्वलाई जोडेर आएका समाचार तथा टिप्पणीहरू भ्रमपूर्ण र तथ्यहीन रहेको दाबी ।

बिहीबार विज्ञप्ति जारी गर्दै सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच राखेका केही व्यक्तिहरूको चालबाजी भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेको दाबी ।
विज्ञप्तिमा नेपाल प्रहरीलाई कमजोर बनाउने उद्देश्यले विभिन्न भ्रमपूर्ण सूचना फैलाइएको दाबी ।

यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ ।
केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आईजीपी कार्कीमाथि राजीनामाको दबाब बढेको आशयका समाचार तथा टिप्पणी सार्वजनिक भएपछि प्रहरीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख ।
बिहीबार प्रहरी प्रधान कार्यालयमा प्रहरीको पीसीसी बैठकसमेत बसेको थियो।
बैठकमा विभिन्न प्रदेशका प्रहरी प्रमुख डीआईजीहरू सहभागी भएका थिए।
दिनभरको छलफलपछि प्रहरीले आफूहरूमाथि लागेका आरोपको खण्डन गरेको हो।



