१३ कार्तिक , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुशार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्टर्लिङ, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य बढ्यो ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा रहेको छ , त्यस्तै, आज एक युरोको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९ पैसा निर्धारण ।

आज पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा पुगेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा कायम ।
यसैगरी, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ १६ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ७५ पैसा कायम ।




