१३ कार्तिक , काठमाण्डौ ।
इजरायलमा संसदीय चुनावपछि विपक्षी नेता गादी आइजेनकोटद्वारा नयाँ सरकार गठनका लागि प्रयास सुरु ।
यस क्रममा उनले डेमोक्र्याट पार्टीका नेता यायर गोलान, बियाचादका प्रमुख नाफ्ताली बेनेट र विपक्षी नेता यायर लापिडसँग भेटवार्ता गरेको अन्तराष्ट्रिय संचारमाध्यामहरुको भनाइ ।

आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको लिकुड पार्टीले चुनावी नतिजालाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाए ।
नेतन्याहुको गठबन्धनले बहुमत प्राप्त गर्न नसकेपछि यस्तो गतिविधि भइरहेको उनको भनाइ ।

इजरायली संसद् नेसेटको शपथ ग्रहण प्रक्रिया अवरुद्ध हुन नदिने तथा इजरायलमा कानुनको शासन रहेको र संसद् निर्धारित समयमै बोलाइने प्रस्टोक्ति ।
अक्टोबर २७ मा भएको चुनावमा नेतन्याहुको गठबन्धनले ५३ सिट र आइजेनकोटको गठबन्धनले ४८ सिट जितेको छ।
अरब दलहरूले १९ सिट प्राप्त गरेका छन्।
१२० सदस्यीय संसद्मा सरकार गठन गर्न ६१ सिट आवश्यक पर्ने भएकाले कुनै पनि पक्षले स्पष्ट बहुमत पाएको छैन।
यसैबीच, चुनावमा विदेशी हस्तक्षेप भएको आशंकामा निर्वाचन आयोगद्वारा अनुसन्धान गर्न सिन बेट एजेन्सीलाई निर्देशन ।
एजेन्सीले एक साताभित्र प्रतिवेदन बुझाउने ।
कतार र टर्कीएबाट इजरायल तथा वेस्ट बैंकमा रकम पठाइएको नेतन्याहुको लिकुड पार्टीको आशंका ।



