भुटानमा शिंताफू हिमताल फुट्यो, बाढीले मुख्य सडक बगायो

१३ कात्तिक २०८३, शुक्रबार
Share this
733shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगायो ।

सडकमा क्षति पुगेपछि दुर्गम लाया क्षेत्र भुटानको अन्य भूभागसँगको सडक सम्पर्कबाट विच्छेद ।

Advertisement

उत्तर भुटानको गासा जिल्लामा रहेको शिंताफू तालबाट आएको बाढीको पानी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो।

बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पु¥याएपछि अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकमा सबै प्रकारका यातायात बन्द ।

Advertisement

भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा अन्य व्यक्तिलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानीका उपाय अपनाउनुका साथै छिमेकी क्षेत्रलाई पनि सतर्क गराइएको छ।

घटनामा हालसम्म मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन।

रातिको अँध्यारोका कारण तालबाट बाहिरिएको पानीको मात्रा र बाढीले पु¥याएको क्षतिको पूर्ण विवरण आउन सकेको छैन।

प्रारम्भिक विवरणले भने ठूलो प्रभाव परेको देखाएको छ। घटनापछि भारतको पश्चिम बंगालमा पनि सतर्कता ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top