जो बाइडेनलाई विजेता घोषणा नगर्न भन्दै दायर ट्रम्पको मुद्दा फेरि खारेज

१३ मंसिर ७७, आइतबार

१४ मंसिर, एजेन्सी ।
निर्वाचनमा धाँधली भएकाले जो बाइडेनलाई विजेता घोषणा नगर्न भन्दै दायर गरिएको ट्रम्प अभियानको मुद्दा अदालतले खारेज गरेको छ।

पेन्सलभानियामा राष्ट्रपति डोनाल्ड ट्रम्प अभियानले यस्तो मुद्दा दायर गरेको थियो। हुलाकबाट पठाइएका मतदानमा धाँधली भएको आरोप लगाउँदै यस्तो प्रक्रिया नै खारेज गर्नुपर्ने माग ट्रम्प अभियानको रहेको समाचारहरुमा जनाइएको छ।

कुनै प्रमाणविना यस्ता मुद्दा लगाउनु जायज नहुने भन्दै पेन्सलभानियाको सर्वोच्च अदालतले ट्रम्प अभियानको मुद्दा खारेज गरेको हो।

Advertisement

राष्ट्रपति ट्रम्पले निर्वाचन परिणाम अझै स्विकार गर्न सकिरहेका छैन। उनले निर्वाचनमा फर्जी हस्ताक्षर प्रयोग गरिएको, कैयौं ठाउँमा धाँधली भएको आरोप लगाइरहेका छन्।

राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई इलेक्ट्रोल कलेजहरुले चुनेमात्र आफूले ह्वाइट हाउस छाड्ने उनको अडान कायमै छ। यस्तो अवस्थामा उनले कैयौं ठाउँमा बाइडेनलाई बिजेता घोषणा नगर्न अपिल गरेका थिए।

Advertisement

कतिपय ठाउँमा पुन मतगणना गर्न लगाएका थिए। केहीमा उनी सफल भए पनि परिणाम भने सफल हुन सकेन। कतिपय ठाउँमा पुनगणना अझै सकिएको छैन।

पेन्सलभानिया अदालतले भने पुन यस्ता मुद्दा ल्याउन नपाउने गरी ट्रम्प अभियानको मुद्दा खारेज गरिदिएको छ। यसअगाडि शुक्रबारमात्र संघीय पुनरावेदन अदालतबाट पनि पेन्सिलभेनियाको प्रमाणिकरण उल्टाउनका लागि अनुरोध गर्दै ट्रम्प पक्षबाट दायर मुद्दा खारेज गरिएको थियो ।

पेन्सिलभेनियाको तेस्रो सर्किट कोर्ट पुनारावेदन अदालतबाट तीनजना रिपब्लिकन नियुक्त न्यायाधिसहरुले एकमतका साथ ट्रम्प पक्षको प्रयास अस्वीकार गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top