पछिल्लो २४ घण्टामा भारतमा थप ४१ हजारभन्दा बढी संक्रमित

१४ मंसिर ७७, आइतबार
Share this
702shares

१४ मंसिर, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

एएनआइका अनुसार ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण देखिएको हो। यससँगै भारतभर कोरोनाबाट संक्रमितहरुको संख्या ९३ लाख ९२ हजार ९२० पुगेको छ।

आइतबार बिहानसम्म कोभिड १९ का कारण थप ४९६ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा १ लाख ३६ हजार ६९६ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

Advertisement

यस्तै, पछिल्लो २४ घण्टामा ४२ हजार २९८ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। ८८ लाख २ हजार २६७ जना संक्रमण मुक्त भइसकेको एएनआइले उल्लेख गरेको छ।

अहिले भारतभर ४ लाख ४५ हजार ९५६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top