×

NEPAL TIMES UPDATES

Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026
Playing
मनोजले टेकओभर गर्न खोज्दा सपनाले आगो बालिन्, रास्वपा सांसद्को आपत्ति|| Nepal Times
May 18, 2026
Playing
सुधन गुरुङ फेरि गृहमन्त्री ? कि नयाँ अनुहार ? के छ तयारी ? || Nepal Times
May 18, 2026
Playing
Royal order of the polar star मोदीलाई स्वीडेनको सम्मानको संकेत के ?|| Nepal Times
May 18, 2026
Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026
Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026

ड्युटीमा रहेका प्रहरीको तस्विर प्रकाशन गर्न नपाउने कानूनको विरोध गर्दै फ्रान्समा प्रदर्शन

१४ मंसिर २०७७

१४ मंसिर, एजेन्सी ।
फ्रान्समा ड्युटीमा रहेका प्रहरीहरुको तस्विर खिच्न र प्रकाशन गर्न नपाउने कानून ल्याउन लागिएपछि विरोध प्रदर्शन भएको छ।

गत साता तल्लो सदनबाट स्वीकृत भइसकेको उक्त प्रावधानसहितको सुरक्षा विधेयक सिनेटबाट स्वीकृत हुन बांकी छ। सरकारले गलत उद्देश्य राखेर प्रहरीलाई बदनाम गर्ने गरि तस्विर लिन र त्यसलाई प्रकाशन गर्न रोक लगाउने तयारी गरेको हो।

Advertisement
Advertisement

तर, फ्रान्सेली सरकारको यो निर्णय प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताविरुद्ध भएको भन्दै आलोचना भइरहेको छ। गत सातामात्रै पेरिसमा ड्युटीमा रहेका तीन प्रहरी अधिकारीले एक अश्वेत व्यक्तिमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।

फ्रान्सेली राष्ट्रपति इम्यानुल माक्रोनले प्रहरीको उक्त कार्यको विरोध गर्दै फ्रान्समा नश्लवादको लागि स्थान नभएको प्रतिक्रिया दिएका थिए। तर, आलोचकहरुले भने प्रहरीलाई संरक्षण गर्ने कानून् ल्याएर सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्।

भिडियो सार्वजनिक हुँदा प्रहरी अधिकारीहरुमाथि कारवाही भए पनि अहिले तस्विर र भिडियो खिच्न र प्रकाशनमा रोक लगाउँदा प्रहरी दमन बढ्ने र ती घटनाहरु सार्वजनिक नहुने उनीहरुको तर्क छ।

पेरिसमा ४६ हजारभन्दा बढी व्यक्ति नयाँ सुरक्षा विधेयकको विरोधमा उत्रिएको स्थानीय मिडियाले जनाएका छन्। प्रदर्शनकारीहरुले शहरका केही स्थानमा आगजनी समेत गरेका थिए।

Advertisement
Advertisement

प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ। प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको थियो। प्रदर्शनस्थलबाट प्रहरीले सरकार विरुद्ध आन्दोलन गरिरहेका ४६ जनालाई नियन्त्रणमा लिएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top