एनपीएलमा जनकपुरको पहिलो जित, काठमान्डु ८ विकेटले पराजित

१२ कात्तिक २०८३, बिहीबार
Share this
791shares

१२ कार्तिक,काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सद्वारा काठमान्डु गोर्खाज ८ विकेटले पराजित ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे ।

Advertisement

जनकपुरको जितमा मोइन अलीले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन बनाए ।

सैफ हसन ४० रनमा अविजित रहे। मयन यादवले ९ तथा तृत राज दासले ५ रनको योगदान दिए।

Advertisement

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गोर्खाज १९.३ ओभरमा ११५ रनमै अलआउट भएको थियो।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए भने राशिद खानले १७ र स्मित पटेलले १३ रन जोडे।

जनकपुरका राहुल यादवले घातक बलिङ गर्दै ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। सैफ हसनले ११ रन दिएर २ विकेट लिए भने हर्मित सिंह, मोइन अली र ललित राजवंशीले समान एक विकेट हात पारे।

११६ रनको सामान्य लक्ष्य सहजै पूरा गरेको जनकपुरले यस जितसँगै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। काठमान्डुका लागि भने सिजनको सुरुवात हारबाट भयो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top