नेकपा बैठकमा आएनन् ओली, स्थायी कमिटी बैठक पनि सर्‍यो

नेकपा बैठकमा आएनन् ओली, स्थायी कमिटी बैठक पनि सर्‍यो

१७ मंसिर, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् ।

सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यससँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ मा बस्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.