भाग्यमानी कम्युनिस्ट अर्थमन्त्री

१७ मंसिर ७७, बिहीबार

काठमाडौँ: सामान्यतया पुँजी बजारले कम्युनिस्ट अर्थमन्त्रीलाई विश्वास गर्दैन । लगानीकर्ताहरू आम कम्युनिस्ट अर्थमन्त्रीहरू खुला बजार अर्थतन्त्रका विरोधी हुने र निजी क्षेत्रलाई हस्तक्षेप गर्न खोज्ने प्रवृत्तिका हुने मान्यता राख्छन् र उनीहरूको कार्यकालमा बजारले गति लिन नसक्ने ठान्छन् । नेपालको पुँजी बजारको इतिहासलाई हेर्दा त्यस्तै देखिन्छ ।

दसवर्षे सशस्त्र युद्ध गरेर संविधानसभाको पहिलो चुनावबाट माओवादी सत्तामा आएपछि पुँजी बजार सशंकित बन्यो । त्यही बेला अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई ‘जुवाघर’ भनेपछि ठूलो हलचल मच्चियो । लगत्तै उनले ल्याएको बजेटमा सेयर बिक्रीबाट प्राप्त हुने नाफामा लाग्ने करको दर दोब्बर बढाएर १० प्रतिशत बनाए । त्यतिबेला ११ सय २५ को उच्चतम बिन्दुमा पुगेको नेप्से परिसूचक दिनहुँजसो ओरालो लाग्ने क्रम सुरु भयो ।

यो घटनामा मात्र होइन, अन्य बेलामा पनि पुँजी बजारले कम्युनिस्ट अर्थमन्त्री बनेका बेला सहज महसुस गर्दैन । वर्षमान पुन अर्थमन्त्री बन्दा नेप्सेले गणतन्त्र स्थापना भएयताकै न्यूनतम बिन्दु २ सय ९० लाई छोयो । भरतमोहन अधिकारीको पहिलो कार्यकालमा बजार सानो थियो । उनको दोस्रो कार्यकालमा पनि बजार उल्लेख्य रूपमा बढ्न सकेन । सुरेन्द्र पाण्डे, कृष्णबहादुर महराका पालामा पनि पुँजी बजार घटबढ भइरह्यो । पछिल्लो समय विज्ञ भनेर चिनिएका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई पनि बजारले विश्वास गर्न सकेन । तर, यो सवालमा अर्थमन्त्री विष्णु पौडेल भने भाग्यमानी ठहरिए ।

Advertisement

कम्युनिस्ट अर्थमन्त्री भए पनि पौडेललाई पुँजी बजारले विश्वास गरिरहेको छ, त्यो पनि दोस्रोपटक । केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रित्वकालमा पौडेल अर्थमन्त्री बन्दा पुँजी बजार सूचक नेप्सेले १८ सय ८१ अंकको ऐतिहासिक बिन्दु छोएकोे थियो । पौडेलपछि पनि धेरैजना अर्थमन्त्री भए । तर, पुँजी बजारले सबैलाई विश्वास गरेन । नेप्से परिसूचक घटबढ हुँदै ११ सय बिन्दुसम्म ओर्लियो । लगानीकर्ताले पुँजी बजारलाई माथि उठाउन धेरै कोणबाट आवाज उठाए, रुवाबासी गरे तर अर्थमन्त्रीहरूले सुनेनन् ।

दुई तिहाइको जनमतका साथ विज्ञ भनिएका खतिवडा अर्थमन्त्री हुँदा पुँजी बजारले गति लिने विश्वास गरिए पनि उल्टो भयो । पुँजी बजारबारे बेलाबेलामा आउने खतिवडाका टिप्पणीले बजारलाई घटाउने काम ग¥यो । अर्थमन्त्रीको दोस्रो कार्यकालमा भने खतिवडाको धारणामा परिवर्तन देखाप९यो । निजी क्षेत्र र पुँजी बजारबारे उनले सकारात्मक मात्र भनाइ राखे । परिणाम बजारमा सुधारका केही संकेत देखिए ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top