राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

१८ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको स्रोतले बतायो ।

यसबीच प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठक नियमित हो। सामान्यतः सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.