कृषि सैनिकसम्बन्धी अवधारणा विस्तृतरुपमा आए कृषि नीतिमै समेटिने

१८ मंसिर ७७, बिहीबार

१८ मंसिर, चितवन ।
कृषिमन्त्री घनश्याम भुसालले कृषि सैनिकसम्बन्धी अवधारणा विस्तृतरुपमा आए कृषि नीतिमै समेटिने बताएका छन् ।

Advertisement

अर्ग्यानिक कृषकहरुले कृषि सैनिक नीतिबारे बिहीबार पेस गरेको ज्ञापनपत्र बुझ्दै उनले अध्ययनसहितको कृषि सैनिक अवधारणा आए कृषि नीतिमै समेटिने बताएका हुन् ।

कृषिमन्त्री भुसालले बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुको नेतृत्वमा कृषि सैनिक गठन गर्नुपर्ने र उनीहरुबाटै कृषि क्रान्ति सम्भव हुने टिप्पणी गरे। मौसमअनुसारको कृषि प्रणालीको विकास गर्ने लक्ष्य सरकारको रहेकाले कृषिबाटै आर्थिक समृद्धि खोजिने उनको भनाइ थियो ।

Advertisement

मन्त्री भुसालले कृषि औजार र प्रविधि लिएर कृषि उत्पादन बढाउने र देशको परनिर्भरतालाई अन्त्य गर्न यो अवधारणा आवश्यक रहेको उल्लेख गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top