विराटनगर,जेठ १० ः नेपालले एक दिवसिय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना बढेको छ ।
नेपालले नेदरल्यान्ड्सलाई एक दिवसिय खेलका लागि प्रस्ताव गरेको नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाट्टाकाले बताए ।
इंग्ल्यान्डको लड्र्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरलयान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एक दिने टि–ट्वान्टी त्रिकोणात्मक श्रृखंला हुँदैछ । उक्त शृंखलामा नेपाल र नेदरल्यान्ड्सको खेल टि–२० अन्तर्राष्ट्रिय हुनेछ ।
त्यसलगत्तै नेदरलयान्ड्स र नेपालबीच २ खेलको ओडीआई शृंखलाको लागि क्रिकेट खेल्ने गरि नेपालले प्रस्ताव पठाएको प्रशिक्षक टमाटाले जनाएका छन् ।
उनले भने ‘लर्डसमा त्रिकोणात्मक श्रृखंलाको तय भएलगत्तै हामीले नेदरल्यान्ड्ससँग एक दिवसिय खेल्नका नेपालका लागि आइसीसी प्रतिनिधि भावना घिमिरे मार्फत प्रस्ताव पठाएका हौं,’
नेदरल्यान्ड्सका केहि सञ्चारमाध्यमले भने नेपाल र नेदरल्यान्ड्सबीच अगस्टको १ र ३ मा एक दिवसिय खेल हुने उल्लेख गरे पनि खेल खेल्ने नखेल्ने भन्नेबारेमा औपचारिक जानकारी नआएको प्रशिक्षक टमाटाले बताए ।
केहि महिनाअघि सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपालले अर्को वर्ष आयोजना हुने विश्व कपका लागि छनोट हुन असफल भएपनि नेपालले चार वर्षको लागि एक दिवसिय राष्ट्रको मान्यता प्राप्त गरेको थियो ।
त्यसपछि नेपालले खेल्ने एकदिवसिय खेलबारे औपचारिक सूचना केहि प्राप्त भएको छैन ।