कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह

२२ मंसिर ७७, सोमबार
Share this
710shares

२२ मंसिर, काठमाडौं । कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

Advertisement

वैदेशिक रोजगारीको लागि कतार प्रहरीमा पठाइदिने भन्दै विभागको पूर्व स्वीकृतिबिना गैर कानुनी रुपमा अन्तर्वार्ता लिने म्यानपावरमा कागजात तथा रकम बुझाएकालाई सम्पर्कमा आउन विभागले आग्रह गरेको हो ।

यसअघि विभागबाट खटिएको टोलीले एसओएस म्यानपावर सर्भिस प्राली, होप इन्टरनेशनल प्राली र डीडी ह्युमन रिर्सोस प्रालीमा अनुगमन गर्दा विभागको पूर्व स्वीकृतिबिना अन्तर्वार्ता लिएको तथा लिइरहेको अवस्थामा भेटाएको थियो । ती संस्थाबाट आवश्यक कागजात लिइ अहिले तिनीहरुमाथि छानविन भइरहेको विभागले जनाएको छ ।

Advertisement

कसैले यी म्यानपावर तथा म्यानपावरसँग सम्बन्धित व्यक्तिलाई कतार प्रहरीमा जानको लागि भनेर आफ्नो कागजात तथा रकम बुझाएको भए तीस दिन अर्थात् पुष २१ गतेभित्र उजुरी दिन विभागले सूचना जारी गरेको छ । उजुरी वैदेशिक रोजगार कार्यालय वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा दिन सकिनेछ ।

यस्तै विभागको अनुगमन शाखाको इमेल ठेगाना [email protected] मा समेत मेल गरेर उजुरी दिन सकिने विभागले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top