भारतको कृषि कानुनको विरोधमा लण्डनमा पनि प्रदर्शन, आन्दोलन नियोजित भएको दाबी

२२ मंसिर, एजेन्सी । भारतले ल्याएको कृषि कानुनको विरोधमा बेलायतको लण्डनमा पनि प्रदर्शन भएको छ ।

Advertisement

कानुनको विरोधमा भारतको राजधानी नयाँ दिल्लीमा एक हप्तादेखि हजारौँ किसानले धर्ना दिइरहेको अवस्थामा लण्डनमा पनि भारतीय उच्च आयोगको कार्यालयबाहिर प्रदर्शन भएको हो ।

उनीहरूले भारतीय सरकारले किसानलाई मर्का हुने र व्यापारीलाई फाइदा पुग्ने तीन वटा कानुन ल्याएको भन्दै विरोध गरेका भारतीय समाचार एनडीटीभीले जनाएको छ । लण्डन प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

Advertisement

उनीहरुले ‘हामी पञ्जाबका किसानको साथमा छौँ, किसानलाई न्याय देऊ जस्ता नारा लगाएका थिए । केही प्रदर्शनकारीले भारत विरोधी नारा लगाएकाले आन्दोलन नियोजित भएको लण्डनमा रहेको भारतीय उच्च आयोगका प्रवक्ताले जनाएका छन् ।

Advertisement

किसान आन्दोलन भारतको आन्तरिक मामिला भएकाले विदेशमा यसको प्रदर्शन हुनु गम्भीर विषयको उच्च आयोगको दाबी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top