अमेरिका उत्तर कोरिया शिखर बैठकमा चिनियाँ समर्थन

वासिङ्टन, १० जेठ ः चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको मर्थन रहेको बताएका छन् । 

यस शिखर बैठकले अरु धेरै कुराहरुका अतिरिक्त कोरियाली प्रायद्वीप क्षेत्रमा शान्ति स्थापनाका लागि ठूलो सहयोग पु¥याउने विश्वास चीनले लिएको भन्दै यसका लागि चीनको आवश्यक सबै सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

अमेरिकाको वासिङ्टनमा अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँगको द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनका क्रममा विदेशमन्त्री वाङले सो धारणा राखेका हुन् ।

Advertisement

चिनियाँ विदेशमन्त्री वाङ अमेरिका पुगेका छन् । उनले बुधबार आफ्ना अमेरिकी समकक्षीयसँग भेटवार्ता गरेका थिए । उनले उक्त वार्ताको सफलताका लागि चीनले जे गर्नुपर्छ त्यो गर्नेछ भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा सिंगापुरमा शिखर बैठक र वार्ता हुने भनिएको छ ।

तर उक्त मितिमा हुने भनिएको सो शिखर बैठक सोही दिनमा नहुन पनि सक्ने आशङ्का मङ्गलबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले व्यक्त गरेका थिए ।

उनले मङ्गलबार संवाददाताहरूसँग सो प्रतिक्रिया दिएको एक दिनपछि बुधबार भने चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको छ ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त बैठक निर्धारित मितिमा हुनेमा आशङ्का व्यक्त गरेपनि वर्ता भने हुने बताएका छन् । उनले उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेकोले उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्ने बताएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको सो प्रतिक्रियाको जवाफमा चिनियाँ विदेशमन्त्री वाङले भनेका छन्– उक्त बैठक निर्धारित समयमै बसोस र दुई देशकाबीचमा हुन लागेको यस शिखर बैठक सफल पनि होस् भन्ने चीनको चाहना छ ।

उक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले भने– हामीलाई विश्वास छ कि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम नै यस समस्याको समाधानका लागि सक्षम हुनुहुन्छ र आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि के गर्नुपर्छ भन्ने बारेमा पनि उहाँहरुले आफैले गर्न सक्नुहुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले त्यस विषयमा गर्ने निर्णय नै विश्वका लागि एउटा राम्रो र शुभ समाचार हुने अपेक्षा पनि चीनले राखेको सो अवसरमा विदेशमन्त्री ले बताएका थिए ।

तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ ।

सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्तामा नबस्ने चेतावनी दिएको थियो ।

तर राष्ट्रपति ट्रम्पले भने आफूले उत्तर कोरियाली नेता किमलाई शान्तिका क्षेत्रमा गम्भीर रहेको पाएको भन्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उनी इच्छुक रहेको पनि बताएका थिए ।

उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका अतिरिक्त चिनियाँ विदेशमन्त्री पनि अमेरिका पुगेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको उक्त जुन बैठकको लागि विविध विषयहरू तयगर्ने पनि ठानिएको समाचारमा जनाइएको छ ।

अमेरिकी भनाइप्रति कोरियाको आपत्ति 

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको अन्त्य लिबियाकोजस्तो हुन पनि सक्ने भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ ।

उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाएका हुन् । अमेरिकी उपराष्ट्रपतिको भनाई अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उनको भनाई छ ।

उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको, दक्षिण कोरियासँग बृहत शान्ति सम्झौता गरेको तर अमेरिकाले आफ्नो सदासयतालाई कमजोरीका रुपमा लिएको बताए ।

दक्षिण कोरियाद्वारा वार्ताको अर्काे मिति तोक्ने तयारी 

त्यसैगरी प्राप्त एक अर्काे समाचारमा जनाइएअनुसार दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताका लागि अर्काे मिति तोक्न लागेको बताइएको छ ।

दक्षिण कोरिया र उत्तरका बीच यही मे १६ मा मन्त्रीस्तरको बैठकको आयोजना गरेकोमा त्यसको एक दिनमात्र अघि उत्तर कोरियाले सो वार्तामा बस्न नसक्ने भनी पत्र पठाएको थियो ।

दक्षिण कोरियाको राजधानी सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै यस सैन्य अभ्यास नरोक्दासम्म अर्काे बैठक नबसिने भन्दै उत्तर कोरियाले सो अडान लिएको थियो ।

तर पनि वार्ताबाट पछि नहट्न दक्षिण कोरियाको जोड रहेको छ । दक्षिण कोरियाले अर्काे वार्ताको मिति तोक्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

तर यस विषयमा उत्तरको भने कुनै प्रतिक्रिया आएको छैन । उत्तर कोरियाले उक्त सैन्य अभ्यासको अन्त्य नगरिँदासम्म वार्तामा नबस्ने बताएको छ ।

रासस

 

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top