नेकपा भित्रको तिक्तता काठमाडौंका लागि सुरक्षा चुनौती

७ पौष, काठमाडौं । सरकार संचालन गरिरहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विधिवत रुपमा दुई समानान्तर केन्द्रीय समितिको बैठक बसेपछि पार्टी विधिवत फुटको नजिक पुगेको छ ।

नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय किमिटीको बैठक मार्फत महाधिवेशनमा जाने गरी ११ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक कमिटि गठन गरेका छन । उनले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नियुक्त गरेका छन ।

Advertisement

यस्तै आजै प्रचण्ड माधव समूहले समेत केन्द्रीय कमिटिको बैठक बोलाएर ओलीलाई कारबाही गर्ने लगायतको तयारीपछि दुई पक्षका पक्ष विपक्षमा प्रर्दशन लगायतका कार्यक्रम हुन सक्ने स्थितीलाई मध्यनजर गर्दै काठमाडौंको सुरक्षा व्यवस्था थप कडा बनाईएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको राजनीति पार्टी पूmटको दिशातिर उन्मुख भएपछि संघीय राजधानी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ ।

Advertisement

काठमाडौंको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दी सहितको प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ । नेकपा भित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादीको विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । विभिन्न राजनैतिक दलले गर्ने विरोध प्रदर्शनमा विप्लव समूहको घुसपैठ समेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ ।

काठमाडौंको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, प्रदर्शनीमार्ग लगायतका क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top