ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पठायो

७ पौष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पु¥याएको छ ।

‘केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धि पत्र निर्वाचन आयोगमा आइपुगेको छ’ एक आयुक्तले भने, ‘केन्द्रीय सदस्यहरूको सूची साँझसम्म पठाउने जानकारी पाएका छौं ।’

आयुक्तका अनुसार पत्रमा केन्द्रीय कमिटी पुनर्गठनको मिति भने सोमबारको राखिएको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । ओली समूहका एक नेताका अनुसार महाधिवेशन आयोजक समितिका सदस्यहरुको सूची तयार गरिँदैछ ।

यस्तै, २ मंसिर २०७८ मा महाधिवेशन गर्ने र पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय गरेको ओली समूहले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top