प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा दाहाल चयन

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा दाहाल चयन

८ पौष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन् ।

नयाँ बानेश्वरमा रहेको संसद् भवन परिसरमा बसेको बैठकले संसदीय दलको नेतामा केपी शर्मा ओलीलाई हटाएर प्रचण्ड चयन गरेको हो । बैठकमा अहिले प्रचण्डले सम्बोधन गर्दै छन् ।

यसअघि मङ्गलबार (हिजो) प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउँदै माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.