प्रतिनिधि सभा पुर्नस्थापित गरेर सरकार बनाउने प्रचण्डको दाबी

प्रतिनिधि सभा पुर्नस्थापित गरेर सरकार बनाउने प्रचण्डको दाबी

८ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरुले सरकार बनाउने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपनि त्यसलाई पुर्नस्थापित गरेर सरकार बनाउने उनले दाबी गरेका हुन । बानेश्वरमा बुधबार दिउँसो बसेको प्रचण्ड नेपाल समूहको बैठकबाट सर्वसम्मत रूपमा संसदीय दलको नेता चुनिएपछि प्रचण्डले सरकार बनाउने प्रतिवद्धता जनाएका हुन । प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा ११७ जना सांसद उपस्थित थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.