×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेलम्ची आयोजना दोस्रो चरणको निर्माणका लागि आवश्यक संरचना बनाइँदै

९ पुष २०७७

९ पौष, काठमाडौं । मेलम्ची खानेपानी आयोजना दोस्रो चरणको निर्माणका लागि आवश्यक पर्ने संरचना निर्माण अघि बढेको छ । आयोजना निर्माणस्थलसम्म सडक निर्माण सुरु भइसकेको छ भने चालु आर्थिक वर्षमा नै पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइने भएको छ ।

आयोजनाका लागि मुख्य संरचना बनाउन सडक निर्माण गर्न आवश्यक रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार मेलम्चीको पुलबजारदेखि निर्माणस्थलसम्म २५ किमी सडक निर्माण अघि बढाइएको छ ।

मेलम्ची पुल बजारदेखि पारिबाट १५ किमी डिभिजन सडक कार्यालय दोलखाबाट निर्माण अघि बढाइएको छ भने त्यसका लागि आवश्यक बजेट मेलम्ची खानेपानी विकास समितिबाट उपलब्ध गराइएको छ । त्यस्तै, १० किमी सडक निर्माणको ठेक्का समिति आफैँले गरेको छ । उहाँले भन्नुभयो, ’दुवैतर्फ निर्माण व्यवसायी परिचालन गरिसकिएको छ ।’

त्यस सडकमा तीन पुल निर्माण गर्नुपर्नेमा जगको काम भइरहेको प्रवक्ता पन्तले बताए । सुरुमा पुल बजारदेखि रातोमाटेसम्म पाँच किमी र रातेमाटेबाट धापसम्म १० किमी सडक निर्माण डिभिजनले अघि बढाइरहेको छ ।

धापदेखि ठूलो भोटाङसम्मको सडक निर्माण समितिले गरिरहेको हो । याङ्ग्री नदीको ‘हेडबक्स’ बनाउने ठाउँमा नै याङ्ग्री र इन्द्रावती नदीको दोभान रहेको छ । त्यस ठाउँसम्म सडक निर्माण भइरहेको छ । उनले भने, ’सडक बनेपछि त्यहाँका तीन पालिकालाई आवतजावत सजिलो हुनेछ ।’

पच्चीस किमी सडक निर्माण चालु आवभित्रै सकाउने लक्ष्य राखे पनि मुआब्जालगायतको विवादका कारण समस्या आइरहेको प्रवक्ता पन्तले बताए । निर्माण व्यवसायी निर्माणस्थलमा परिचालन भए पनि मुआब्जा र क्षतिपूर्ति विवादका कारण काम गर्न नसकेको उहाँले जानकारी दिए ।

त्यस सडक निर्माणका लागि मुआब्जाबापत स्थानीयवासीलाई १५ करोड रुपैयाँ वितरण गर्नुपर्ने छ । त्योमध्ये छ करोड ५० लाख मात्रै वितरण भएको छ । उनले भने, ’आधाभन्दा धेरैले अहिले पनि मुआब्जा लिन आउनुभएको छैन, यसले निर्माणमा समेत असर गरेको छ ।’

मेलम्चीको दोस्रो चरणको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न पहिले वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्ने आयोजनाले जनाएको छ । त्यसका लागि सम्बन्धित गाउँपालिकाको सहमति आवश्यक पर्छ ।

मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका गरी तीन तहले त्यसमा सहमति दिइनसकेको प्रवक्ता पन्तले बताए । तीनै पालिकाले आयोजना सुरु गर्दा विभिन्न माग गरिरहेका छन् ।

सडकलगायतका संरचना निर्माणका लागि स्थानीयवासीले गरेको माग उनीहरुसँगकै समन्वयमा अघि बढाइने उाले बताए । प्रतिवेदन तयार भइसकेकाले सम्बन्धित पालिकाले सहमति दिएपछि नै वातावरण मन्त्रालयलाई सहमतिपत्र बुझाइनेछ । उनले भने, ’ती कुरालाई सम्बोधन गर्नका लागि नै पूर्वाधार निर्माणका लागिसमेत बजेट छुट्टाइएको छ ।’

मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालु आवमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७र१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता पन्तले बताए । एशियाली विकास बैंकको आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उहाँले जानकारी दिए ।

एडीबीले त्यस पुनरावलोकन गर्ने काम अघि बढाइरहेको छ । सरकारले चालु आवमा ३५ करोड रुपैयाँ​ छुट्याएकाले यस वर्ष ठेक्कामा जान सकिने उनको भनाइ छ । यो आवमा ठेक्कामा जान सकेमा अर्को वर्ष निर्माणको काम हुनेछ ।

सरकारले पहिलो चरणमा मेलम्ची खोलाको पानी काठमाण्डौ उपत्यकामा झार्ने तयारी गरिरहँदा दोस्रो चरणको आयोजना निर्माणका लागिसमेत तयारी अघि बढाइएको छ । मेलम्चीको पानी परीक्षणका लागि गएको असारमा सुरुङमा पानी पठाइए पनि दुर्घटनाका कारण सुरुङको पुनः मर्मत गरेर मात्रै परीक्षण गरिने भएको छ ।

आयोजनाअन्तर्गत नै ‘हेडबक्स’ निर्माण भइरहेकामा त्यो समेत समयमा सम्पन्न गर्न नसकिने भएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण काममा बाधा पुगेकाले पुसमा सकिनुपर्ने भए पनि ‘हेडबक्स’ चैतसम्ममा सम्पन्न हुने देखिएको छ । (रासस)

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top