×

NEPAL TIMES UPDATES

Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026

होसियार ! यसरी फस्नुहोला हनी ट्र्यापमा

१० पुष २०७७

१० पौष, ललितपुर । नेपाली सेनाबाट अवकाशप्राप्त भोलाकुमार जर्घा मगर बुधबार दिउँसो केही कागजपत्र बोकेर महानगरीय प्रहरी परिसर ललितपुर पुगे। ‘हनी ट्र्याप’मा पारी जर्घालाई कुटपिट तथा लुट्ने समूहका एक आरोपित लालबहादुर श्रेष्ठ सँगै थिए। अपराध महाशाखा काठमाडौंको टोलीले श्रेष्ठलाई पक्राउ गरी ललितपुर पठाएको थियो।

सिन्धुली कमलामाई नगरपालिका घर भएका जर्घाले साउनमा आफूलाई एक युवतीले नाटकीय ढंगले फसाएको सुनाए। उनका अनुसार घटना साउन ८ गतेको हो। उक्त दिन भिनाजु पर्ने व्यक्ति बितेकाले दाहसंस्कारका लागि पशुपति आर्यघाट जानुप¥यो। त्यसपछि केही सरसामान खरिद गर्न उनी आफन्तका साथ न्युरोड गए। किनमेल सकाएर रत्नपार्क पुगे। आफन्तहरू हिँडिसकेका थिए। पानी दर्किन थाल्यो। उनी एउटा चिया पसलमा ओत लागेर बसिरहेका थिए। पहेंलो कुर्ता सुरुवाल, हरिया चुरा, मेहेन्दी लगाएकी एक युवती उनी बसेको टेबलमा आइन्। निकै चिसो भएकाले ती युवतीले चिया खुवाउन प्रस्ताव गरिन्।

Advertisement

‘साधारण पहिरनमा थिइन्। छलकपट गर्लाजस्तो लागेन, त्यसैले मःमः खुवाएँ’, जर्र्घाले भने, ‘पानी नरोकिएपछि दुई–तीन घण्टा त्यहीं बस्यौं।’ ती युवतीले पतिले साउदी अरबबाट पठाइदिएको मोबाइल लिन रत्नपार्क आएको बताएकी जर्घाले सुनाए। पानी रोकिएपछि युवतीले आफूलाई कलंकीसम्म छाडिदिन आग्रह गरिन्। जर्घाले मोटरसाइकलमा राखेर कलंकीतिर हुइँक्याए। त्यतिन्जेल ती युवती बारम्बार फोनमा कुरा गरिरहेकी थिइन्। कलंकी नपुग्दै उनले चोभारमा काम भएकाले त्यतै छाडिदिन भनिन्। चोभार पुगेर सँगै चिया पिए। केही न केही बहाना बनाएर रात पार्न खोजिरहिन्। भैंसेपाटीको बाटो जाऊँ भनिन्। जर्घाले मोटरसाइकल जलबिनायकतिरको बाटोतिर हुइँक्याए।

भैंसेपाटी आउँदै गर्दा मगर गाउँछेउ एक्कासि तीन जना व्यक्ति आए। साँझको ७ ः ४५ बजेको थियो। तीनै जनाले फलामको रड निकालेर जर्घालाई हान्न थाले। उनी ढलेपछि साथमा भएको पैसा, सुन, मोबाइल लुटे। जर्घाले ६ तोलाको सिक्री लगाएका थिए। महँगो र सस्तो गरी दुईवटा मोबाइल बोकेका थिए। आफूले लगाएको चस्मा र सात हजार रुपैयाँसमेत लगेको उनले सुनाए।

उनले उजुरी गर्न प्रहरीकहाँ पुग्दा त्यही महिलाले अरूलाई पनि सोही ठाउँमा सोही बहानामा लुटेको थाहा पाएको बताए।

Advertisement

के हो हनी ट्र्याप ?
हनी ट्र्याप भन्नाले शारीरिक आकर्षण प्रयोग गरी कसैलाई फसाउने तरिका हो। प्राय ठूला व्यवसाय गर्ने व्यक्ति तथा उच्च ओहदामा रहेकाहरूलाई आफ्नो सौन्दर्यमा लोभ्याएर फसाउने गरेको देखिन्छ। प्रहरीले यसलाई अपराधको नयाँ शैली भन्दै आएको छ। पुरुषहरू युवतीको मायाजालमा परी विवाहको लोभमा पर्दा नराम्ररी फसेको दृष्टान्त प्रहरीमा देखिने गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नितु घलेले लेखेकी छिन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top