त्रिविले यो वर्ष हिउँदे बिदा नदिने

त्रिविले यो वर्ष हिउँदे बिदा नदिने

१० पौष, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने भएको छ।

विश्वविद्यालयको भौतिक तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामा समेत निरन्तरता दिन हिउँदे बिदा नदिने निर्णय विश्वविद्यालयले गरेको हो ।

विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिए । गोरखापत्रमा खबर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.