×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

प्रदेश सरकार ढाल्ने खेल सुरु (भिडियो सहित)

१० पुष, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको फुटको असर अब प्रदेश सरकारहरुमा देखिन थालेको छ ।

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षका प्रदेससभा सदस्यहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । नयाँ मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । शाक्य सरकार स्थापना भएदेखि नै मुख्यमन्त्रीको दबेदारीमा रहेकी नेतृ हुन । नेकपाका ८० सांसद रहेको बागमती प्रदेशमा नेकपाका प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । आजै बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा पनि दिएका छन् । मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै राजीनामा दिने मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल रहेका छन् । केन्द्रमा प्रधानमन्त्रीसमेत रहेका केपी ओली र प्रचण्ड–माधव नेपाल गरी दुई पक्षमा विभाजित छ । केन्द्र मात्रै होइन वडा तहसम्म नै विभाजित भेला हुन थालेको अवस्थामा प्रदेश सरकारमा समेत त्यसको असर देखिन थालेको हो । प्रचण्ड–माधव नेपाल पक्षका बागमती प्रदेशसभा सदस्यहरुले ओली पक्षका मानिने मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी सबै प्रदेशका सरकारमा फुटको असर चाँडै देखिने संकेत देखाएका छन् । दर्ता गरिएको अविश्वासको प्रस्तावमा प्रदेशको समृद्धि र सर्वाेपरी हितकालागि सबै स्रोत र साधनको सदुपयोग एवम् परिचालन हुनुपर्नेमा त्यसलाई विभिन्न व्यक्ति र समूह स्वार्थहरुको लागि दुरुपयोग गर्ने क्रम नरोकिएको दावी गरिएको छ । देश कोराना विषाणु संक्रमणको महामारीको रोकथाम र औषधीउपचारमा समेत उचित नीतिका साथ यथोचित प्रबन्ध हुन नसकेको सांसदहरुको दाबी छ । नेकपा विभाजनको असर बागमती प्रदेशबाट असर देखिन थालेसँगै अन्य प्रदेशमा ओली समूह र प्रचण्ड–माधव समूह कुनले पहिले सरकार ढाल्ने प्रकृया अघि बढाउँछन् भन्ने चासो र चिन्ता नागरिकमा परेको छ ।

Advertisement
Advertisement

विगतदेखि नै चासोमा परेको प्रदेश १ सरकारमा भने अविश्वासको प्रस्ताव अघि बढाउन केन्द्रको निर्देशनको प्रतिक्षा भईरहेको बताइएको छ । यता सरकार पक्षबाट समेत बहुमतका लागि कसरत सुरु भईसकेको अवस्थामा बहुमत नजुटाई असन्तुष्ट रहेको दाहाल नेपाल समूहले अविश्वासको प्रस्ताव लैजाने संभावना देखिएको छैन । नेकपा विभाजनपछि प्रदेश १ मा काग्रेस निर्णायक हुने हुदा सरकार ढल्ने र बन्ने भूमिकामा काग्रेसको समर्थनले असर गर्ने देखिन्छ । ९३ सदस्यीय प्रदेश १ सभामा नेकपाका ६७ सांसद छन् । जसमा मुख्यमन्त्री शेरधन राईलाई पूर्व एमालेतर्फका २६ सांसदले भोट दिएर तत्कालीन एमालेको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनाएका थिए । प्रदेश १ सभाको प्रमुख प्रतिपक्षी दल कांग्रेससँग भने २१ सिट रहेको छ ।

Advertisement

 

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top