पाथीभरा मन्दिर छेउको जंगलमा आगलागी

११ पुष, काठमाडौं । ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा आगलागी भएको छ ।

Advertisement

पाथिभरा मन्दिरको नजिकैको वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागी भएको फावाखोलाको सिम्बु सामुदायिक वन र मन्दिरको दुरी ३/४ किलोमिटर रहेको छ । अहिले नेपाली सैनिकसहित सुरक्षाकर्मी र स्थानीयको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । सामुदायिक वन नजिक बस्ती नभए पनि आगोले मन्दिरसम्म भेट्न सक्ने सम्भावना भएकोले मन्दिर जोगाउ लागि परेको प्रहरीले बताएको छ । वनमा केही दिनदेखि आगलागी भैरहेको स्थानीयले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top