अष्ट्रेलिया पहिलो दिननै १ सय ९५ रनमा अलआउट

१० पुस ७७, शनिबार

११ पुष, काठमाण्डौ । भारतसँगको दोस्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १ सय ९५ रनमा अलआउट भएको छ ।

मेलबर्नमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलिया पहिलो दिननै १ सय ९५ रनमा अलआउट भएको हो । अष्ट्रेलियाका लागि मार्नुस लबुसेनले सबैभन्दा धेरै ४८ रन बनाए । यस्तै ट्रेभिस हेडले ३८, म्याथु वाडेले ३० र नाथन लियोनले २० रन बनाए । स्टिभ स्मिथ र जोय बन्सले खाता पनि खोल्न सकेनन् । भारतका जसप्रित बुम्राहले ४, रविचन्द्रन आश्विनले ३, मोहम्मद सिराजले १ र रविन्द्र जडेजाले १ विकेट लिए । आजै आफ्नो पहिलो पारीको ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिँदासम्म १ विकेट गुमाएर ३६ रन बनाएको छ । टेष्टमा डेब्यु गरेका शुभमन गिल २८ रनमा नटआउट छन् । मयंक अग्रवाल खाता नै नखोलेर आउट भए । चार खेलको टेष्ट श्रृङ्खला अन्तर्गत पहिलो खेलमा ८ विकेटले विजयी हुँदै अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । अष्ट्रेलियाले दोस्रो खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । तर भारतले टोलीमा ४ परिवर्तन गरेको छ । विराट कोहली स्वदेश फर्केपछि भारतीय टिमलाई अजिंका राहानेले कप्तानी सम्हालेका छन् । ब्याट्सम्यान सुभमन गिल र तीव्र गतिका बलर मोहम्मद सिराजले टेष्ट खेलमा डेब्यू गरेका छन् । विकेट किपर ऋद्धिमान शाहको ठाउँमा युवा ब्याट्सम्यान ऋषभ पन्तले मौका पाएका छन् । यसअघि घाइते भएका रवीन्द्र जडेजा पनि टिममा फर्किएका छन् । पहिलो खेलको दोस्रो इनिङमा अष्ट्रेलियासँग ३६ रनमा अलआउट हुँदै भारतले आफ्नो टेष्ट इतिहासकै सबैभन्दा कम रनको खराब रेकर्ड बनाएको थियो । भारतले यसअघि एक दिवसीय र टी–ट्वान्टी श्रृङ्खला खेलिसकेको छ । अष्ट्रेलियाले २–१ एक दिवसीय श्रृङ्खला र भारतले टी ट्वान्टी शृङ्खला जितेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top