×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

अनिश्चय, मृत्यु र भय झेलेको सन् २०२० विदा हुँदैछ, के सन् २०२१ मा खुशी फर्किएला ?

१२ पुष २०७७

१२ पुस, काठमाडौं ।

अंग्रेजी संवतको सन् २०२० हामीबाट विदा हुने तरखरमा छ । मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै सुदूर क्षितिजमा आशाका किरणको प्रतीक्षामा विश्व छ ।

Advertisement
Advertisement

महाशक्ति राष्ट्र अमेरिकामा जिम्मेवार नयाँ नेतृत्वको उदय भइरहेको छ भने आज हाम्रा अघिल्तिर देखिएका तत्काल सम्बोधन गर्नुपर्ने कार्यहरुको लामो सूची छ । मानव निर्मित प्राकृतिक विपदको चक्र यथावत रहेकै छ, तर त्यो भन्दा पनि हामी मानवका कतिपय घातक एवं खतरनाक अभ्यास वा व्यवहारमाथि प्रश्न उब्जिएको छ ।

कोरोनाभाइरसको प्रसार त्यतिकै अवश्य भएको होइन । युरोपेली आयोगमा विदेश मामिलाका निर्देशक मार्क लियोनार्डको भनाईमा चमेराबाट मानवमा कोरोनाभाइरस सर्नुमा प्राकृतिक वासस्थानमाथि व्यापक शहरीकरण र विध्वंसात्मक अतिक्रमणको उपज हो भन्ने स्पष्ट भइसकेको छ ।

साथै यो तिब्र गतिमा फैलिनुमा बढी औद्योगिकीकरण, उन्मादपूर्ण व्यापार र समकालीन यात्रा व्यवहार पनि उत्तिकै जिम्मेवार छन् । साथै, यो संकटलाई समाधान गर्न मिलेर कार्य गर्नेतर्फ अझै पनि एकमत नदेखिनु बिडम्बना हो ।

तर कोरोनाभाइरसको कहर शुरु हुनुअघि नै विश्वव्यापी अस्थिरता प्रकट हुन थालिसकेको थियो । राष्ट्रवादी नेताको छबि बनाएका कैयौं नेताले विश्वका यावत समस्या समाधान गर्ने हौवा फिँजाएर मानिसलाई अझ दिग्भ्रमित बनाएका थिए ।

लियोनार्ड अगाडि भन्नुहुन्छ, “हो, यो वर्ष निकै कठिनाई पूर्ण रह्यो, तर सन् २०२१ मा खुशी हुनुपर्ने पाँच कारण छन् । पहिलो र महत्वपूर्ण कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजय । तपाइँ हामी सुतेर उठ्दा ट्वीटरमा ट्रम्पले के भने भनेर चिन्ता गर्नुपर्ने दिन गएका छन् ।

संयुक्तराज्य अमेरिका चाँडै नयाँ र सक्षम व्यक्तिको नेतृत्वमा जाँदैछ । युरोपमा ट्रम्पकै पदचिह्न बोकेका हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र पोल्यान्डका उपप्रधानमन्त्री जारोस्ल केजिन्स्की लङ्गडो झैं भइसकेका छन् । सन् २०२१ मा जर्मनी र सन् २०२२ मा फ्रान्समा हुने चुनावमा अब ट्रम्पेली मनोविज्ञान कमजोर हुनेछ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूमा रहेको ट्रम्पकै जस्तो स्वभावमा परिवर्तन ल्याउन थालिसक्नु भएको छ ।

खुशी हुनुपर्ने दोस्रो कारण कोभिड–१९ विरुद्धको खोपको विकास हो । यसबाट विस्तारै विश्व व्यवस्था सामान्यीकरणतर्फ अग्रसर हुनेछ, र अन्तर्राष्ट्रिय सहयोग बढ्नेछ । फाइजर र बायोएनटेक तथा मोडर्ना लगायतका कम्पनीहरुले बनाएका खोप विश्वभर सर्वसुलभ बनाउन अन्तर्राष्ट्रिय सहायता, विश्वास र क्षमता बनाउनु जरुरी छ ।

आशाको तेस्रो कारण जलवायूका क्षेत्रमा उत्साहप्रद समाचार आउनु । यस क्षेत्रका जानकार धेरैजसो व्यक्तिहरुले जलवायु परिवर्तनले कोभिड–१९ को भन्दा ठूलो संकट निम्त्याउने बताउँदै आएका छन् । तर यस वर्ष हरितगृह ग्यास उत्सर्जनमा ७ प्रतिशतले कमी आएका कारण गरे हुने रहेछ भन्ने हामीले बुझ्न सक्छौं । स्वच्छ ऊर्जातर्फ तिब्र संक्रमणका लागि प्रविधिमा लगानी बढाउनु पर्छ भन्ने महसुस सर्वत्र भएको छ ।

चौथो, विश्वभर नै सरकारमाथिका भरोशा बढ्न थालेका छन् । कोभिड–१९ को यस क्षणमा सार्वजनिक प्रशासनले कस्तो भूमिका निर्वाह गर्दो रहेछ भन्ने आमजनताले बुझ्न पाएका छन् । सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि धेरैले के आशा गरेका थिए भने तत्कालीन नवउदारवादी रुढीवादिताले सामाजिक लोकतन्त्र र अर्थतन्त्रमा राजनीतिक नियन्त्रण कायम हुनेछ । तर, त्यसको ठीक उल्टो कार्य भयो ।

टाट पल्टाइएका बैंकहरुमा सरकारी अनुदान दिइयो भने “धनीका लागि समाजवाद र गरिबका लागि पूँजीवाद” को मान्यता स्थापित भयो । यसैका कारण सिर्जित विवादबीच सरकारहरुले अन्ततः सार्वजनिक कल्याणका लागि बढी जिम्मेवार बनाउने प्रयत्न थाले । मुलधारका दलहरु जस्तै अमेरिकामा डेमोक्रेट पार्टीले श्रमिक र मध्यमवर्गीय मानिसलाई मद्दत गर्न थालेका थिए ।

अहिले कोरोनाभाइरसको महामारीले विश्व प्रणालीमा फेरि पुनर्विचार गर्ने परिस्थिति निर्माण हुँदैछ । अनियन्त्रित विश्वव्यापीकरणको साटो विश्वका अग्रणी शक्तिराष्ट्रहरुले सस्तो सामान, उन्नत प्रविधि जस्ता विषयलाई विशेष महत्व दिन थालेको छ ।

विश्वमा सन् २०२१ खुशी ल्याउने वर्ष त्यतिकै हुनेवाला भने छैन । लियोनार्डले भनेझैं शक्ति सम्पन्न र धनी राष्ट्रले आफूमा रहेको प्रविधि र ज्ञान तेस्रो विश्वका गरिब राष्ट्रसम्म लैजान सके त्यसले सन् २०२१ मा खुशी अवश्य ल्याउने छ । खासगरी तेस्रो विश्वका गरिब राष्ट्रको पहिलो चाहना र आवश्यकता नै कोभिड–१९ विरुद्धको खोप हो ।

Advertisement

यो खोपको उपलब्धता र समानुपातिक वितरण अहिले सर्वाधिक चासोको विषय बनेको छ । विकसित मुलुकमा खोप लगाउने काम शुरु भइसकेका छन्, तर अति गरिब राष्ट्रहरु ती खोप आफ्नो मुलुकमा कसरी ल्याउने भन्नेमा अझै अन्यौल र अलमलकै अवस्थामा छन् । तुलनात्मक रुपमा निकै महंगा यी खोपहरु तेस्रो विश्वलाई उपलब्ध गराउन धनी एवं शक्ति सम्पन्न राष्ट्रहरुले उदार दृष्टिकोण र आर्थिक सहयोग गर्नुको विकल्प छैन ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top