×

NEPAL TIMES UPDATES

Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026

कोरोनाभाइरसको नयाँ प्रकार विश्वभर देखिन थाल्यो

१२ पुष २०७७

१२ पुस, एजेन्सी ।
७० प्रतिशत सङ्क्रामक पाइएको कोभिड–१९ को नयाँ प्रकार यूकेबाहेक अन्य कैयौँ युरोपेली देश एवम् क्यानडा र जापानमा समेत पुष्टि गरिएको छ।

स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा भेटिएका सङ्क्रमितको सम्बन्ध यूकेबाट फर्केका मानिसहरूसँग पाइएको छ। भाइरसको नयाँ प्रकार देखिएपछि गतसाताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्।

Advertisement
Advertisement

कहाँ देखियो सङ्क्रमण?
अधिकारीहरूका अनुसार क्यानडाको ओन्टेरियोमा सङ्क्रमित पाइएका एक दम्पतीले भने न हालै कुनै यात्रा गरेका थिएनन् न उच्च जोखिममा रहेका कसैलाई भेटेका थिए।

जापानमा सबैभन्दा पहिले यूकेबाट फर्किएका पाँचजना यात्रुमा सङ्क्रमण देखिएको थियो। त्यसपछि पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ।

जापानले सोमवारबाट एक महिनाका लागि धेरैजसो गैरआवासीय विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउँदैछ। फ्रान्समा १९ डिसेम्बरमा यूकेबाट फर्किएका एक व्यक्तिमा उक्त प्रकार देखा परेपछि उसले यूकेसँग सीमा बन्द गरेको थियो।

तर परीक्षण गरेर आउजाउ गर्न सकिने भन्दै गत बुधवारबाट युरोपेली सङ्घका नागरिकहरूका लागि त्यो निर्णय हटाएको थियो। प्रतिबन्धका कारण हजारौँ लरी ड्राइभरहरूले क्रिसमसको दिन यूकेको केन्टमा दिन बिताएका थिए।

यसअघि डेनमार्क, जर्मनी, इटली, द नेदरल्याण्ड्स र अस्ट्रेलियामा समेत उक्त नयाँ प्रकार पुष्टि भएको थियो।

युरोपमा खोपको क्रम सुरु

यसैबीच कैयौँ युरोपेली देशहरूले आफ्ना नागरिकहरूलाई भाइरसविरुद्ध खोप दिन सुरु गरेका छन्। त्यस्तो काम आइतवारबाट पूरै युरोपेली सङ्घमा समन्वयात्मक ढङ्गले सुरु गर्नु अगावै गरिएको हो।

जर्मन अधिकारीहरूले आफूहरू थप एक दिन पर्खन सक्ने अवस्थामा नभएको भन्दै जेष्ठ नागरिकहरूलाई खोप दिन सुरु गरेको हो। हङ्गेरीको सरकारी समाचार संस्थाले त्यहाँ पहिलो खोप पाउने व्यक्ति एकजना चिकित्सक भएको जनाएको छ।

स्लोभाकियाले समेत खोप दिने काम सुरु गरेको जनाएको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले खोप वितरण गर्ने कार्यप्रति खुसी मनाउँदै त्यसलाई आफूहरूको एकताको मार्मिक क्षण बताएकी छन्।

वैज्ञानिकहरूले यूकेको अनुसन्धान प्रणाली बलियो रहेको कारण भाइरसको नयाँ प्रकार सबैभन्दा पहिला उक्त देशमा देखिएको हुनसक्ने बताउँछन्।

विज्ञहरू भन्छन्– उक्त नयाँ प्रकार यसअघिको भन्दा धेरै सङ्क्रामक भए तापनि त्यो सङ्क्रमितका लागि थप खतरनाक नै हुन्छ भन्ने चाहीँ छैन। नयाँ प्रकारको कोरोनाभाइरस सुरुमा सेप्टेम्बरमा इङ्ग्ल्यान्डमा देखा परेको थियो।

केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ।

नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण अघि सारिएका छन्ः

–यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ
–यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ
–प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ।

यिनै कारणहरूले गर्दा भाइरसप्रति चिन्ता र चासो बढिरहेको बीबीसीका स्वास्थ्य एवं विज्ञान संवाददाता जेम्स ग्यालहरले बताएका छन्। तर यो नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण छैन।

साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन्।(बीबीसी)

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top