×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खाद्य, आवास, कपडा, शिक्षा र स्वास्थ्य विकासको प्रस्थान विन्दु : प्रधानमन्त्री ओली

१५ जेष्ठ २०७५

काठमाडौँ, १५ जेठ

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतीक भएको बताएका छन् ।

Advertisement
Advertisement

गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले हामीले मनाइरहेको विजयोत्सव सम्पूर्ण नेपालीको उत्सव भएको उल्लेख गर्दै भने, “यो गणतन्त्र दिवस जनताको दिवस हो । आमनेपालीको दिवस हो । जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन हो । हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’ व्यवस्था हो ।”

उनले गणतन्त्र दिवस एउटा प्रगतिशील परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताका आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन भएको बताउँदै यस उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “पूर्ण लोकतन्त्र, समृद्ध नेपाल र सुखी नेपाली’का लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् शहीदप्रति आदरका साथ श्रद्धाञ्जलि प्रकट गर्छु ।” प्रधानमन्त्री ओलीले दुनियाँमा लोकतन्त्रका मूल्य मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासनसत्ता सञ्चालन गर्ने अद्वितीय विधिको स्मरण पनि गरे ।

“सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य सुरक्षा, हाम्रो विकासको प्रस्थान विन्दु हो”, प्रधानमन्त्री ओलीले भने ।

विकास, समृद्धि, सुशासन एवं स्थिरता गन्तव्य तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्धको कार्य मुख्य अभियान भएको बताउँदै उनले भने, “गरीबी र लोकतान्त्रिक गणतन्त्रसँगै राख्न मिल्ने विषय होइनन् । सुशासन र विकास आजको हाम्रो प्राथमिकता हो । यसका लागि आज असान्दर्भिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने छन् । यसैमा आधारित भएर हाम्रा समग्र व्यवहारहरु रुपान्तरण गरिँदै छन्”,

सुशासन र विकासको प्रतिबद्धतासहित संसद्बाट सर्वसम्मतिले सरकारको नीति तथा कार्यक्रम पारित भएको बताउँदै उनले यसबाट राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति सरकारलाई भएको बताए । छिमेकी र अन्य मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको तथा राष्ट्रिय आकांक्षा र आवश्यकता पूरा गर्न, स्रोत साधन, सामथ्र्यको प्रयोग गर्न र सहकार्य अघि बढाउन थप अनुकूलता मिलेको प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, “यस बेला मूल राष्ट्रिय भावधारामा आपूmलाई समाहित नगरी पुराना, अनुचित र असान्दर्भिक सोचहरुका साथ अशान्ति र अस्थिरताको पक्षपोषण वा त्यस्ता क्रियाकलाप कदापि उचित हुन सक्दैन ।”

Advertisement

रोजगारीको अवसर सिर्जना, उत्पादन वृद्धिमा जोड, उपभोगका वस्तुमा आत्मनिर्भरतामा जोड दिइने बताउँदै उनले जनताको कष्ट हटाउनेतिर परिलक्षित विकासका आयोजना छनोट गरिने र अतिविपन्न, वृद्ध, बालबालिका, अपाङ्गता भएका, अशक्त र गर्भवती प्राथमिकतामा पर्ने जानकारी दिए ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top