३० करोडको लागतमा विराटनगरमा वैकल्पिक सडक मार्गको शिलान्यास

१२ पुस ७७, सोमबार

१२ पुस, विराटनगर ।
झण्डै ३० करोडका लागतमा विराटनगरमा वैकल्पिक सडक निर्माण हुने भएको छ । विराटनगर महानगरपालिकाका विभिन्न पश्चिमी वडालाई जोड्ने गरी निर्माण हुने वैकल्पिक सडकको आज नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, प्रदेश–१ संसदीय दलका नेता केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीलगायतले शिलान्यास गरे ।

विराटनगर–१२ मा मिथिला चोकमा आयोजित कार्यक्रममा उनीहरुले संयुक्त रुपमा सडकको शिलान्यास गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले जनप्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे । उनले विकासका काम गर्न आफूहरु तयार रहेको उनले बताए ।

त्यस्तै प्रमुख सचेतक कार्कीले विराटनगरको पश्चिमको क्षेत्रलाई विगतका जनप्रतिनिधिले बेवास्ता गरेको बताए । मेयर पराजुली, उपमेयर इन्दिरा कार्की, वडा नम्बर ६ का अध्यक्ष विजय कामत, १२ नम्बर वडाका अध्यक्ष हिरालाल कामतले तोकिएको समयभित्रै सडक निर्माण सम्पन्न गर्न महानगरको तर्फबाट सहजीकरण गर्ने बताए । शिलान्यास गरिएको सडकले महानगरको ५, ६, ११ र १२ वडालाई जोड्दै जोगबनी बोर्डरसम्म जोड्ने जनाइएको छ । ७ मिटर चौडाईको सडकको लम्बाई ९ दशमलव तीन आठ किलोमिटर रहेको छ ।

प्रदेश सरकारको बजेटबाट उक्त सडक निर्माण हुन लागेको हो । उक्त सडक कुल २९ करोड ६३ लाख ९ हजार ५ सय ६६ रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय मोरङका इन्जिनियर मनोजकुमार ठाकुरले जानकारी दिए । प्रदेश सरकारको बहुववर्षी योजनाअन्तर्गत सो सडक निर्माण हुने लागेको हो । सडकको प्रत्यक्ष अनुगमन र निरीक्षण पूर्वाधार विकास कार्यालय मोरङले गर्नेछ । बहुवर्षीय योजनाअन्तर्गत प्रदेशमा ६२ वटा सडक निर्माण हुँदैछन् । २०७७ असार ४ गते ठेक्का सम्झौता भएको सो सडक २०७९ साल असार ३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।

सडक निर्माणका निम्ति जनकपुरस्थित देव एण्ड सायर आईएसएनबी जेभीले ठेक्का लिएको छ । कम्पनीले झण्डै ३२ प्रतिशत बिलोमा उक्त सडकको ठेक्का लिएको जनाइएको छ । तोकिएको समयभित्र गुणस्तरीय र परिणामयुक्त सडक निर्माणका लागि अनुगमन गर्ने पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख राजनराज रेड्डीले बताए । जग्गा विवाद नहुने र समयमै बजेट निकासा हुने हो भने तोकिएको समयभन्दा अगाडि नै सडक निर्माण सम्पन्न गर्ने प्रमुख रेड्डीले प्रतिबद्धता जनाए । निर्माण सम्पन्न भएपछि जोगबनीबाट आवतजावत गर्ने मालबाहक सवारी सो सडकबाट आवतजावतको व्यवस्था मिलाइनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top