गस्तीमा खटिएका दुई प्रहरीको हत्याका मुख्य योजनाकार शुकदेव राना पक्राउ

गस्तीमा खटिएका दुई प्रहरीको हत्याका मुख्य योजनाकार शुकदेव राना पक्राउ

१३ पुस, धनगढी ।
कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरी हत्याका मुख्य योजनाकार शुकदेव राना पक्राउ परेका छन्।

सीमा क्षेत्रबाट पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय कैलाली सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीकाअनुसार धनगढी उपमहानगरपालिका–१० का स्थानिय हुन्।

तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तरकरहरुको गिरोह र गस्तीमा रहेका प्रहरीबीच दोहोरो झडप भई घटना घटेको प्रहरीको निष्कर्ष छ।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.