×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

संसद विघटनको विषय राष्ट्रिय सभामा उठाउने नउठाउनेमा विचार बाँझियो

१३ पुस, काठमाडाैँ ।

प्रतिनिधि सभा विघटनको विषयलाई राष्ट्रिय सभाको बैठकमा उठाउन नपाइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपनि राष्ट्रिय सभाको बैठक भने आगामी पौष १७ गते बोलाइएको छ ।

Advertisement
Advertisement

प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको अधिवेशन शुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषयमा के कसरी कुरा उठ्छ भन्ने आम चासोको विषय बनेको छ । तर राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकोले सर्वोच्चबाट निर्णय नआइकन राष्ट्रिय सभामा छलफल चलाउनु नहुने बताएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सातौँ अधिवेशन पौष १७ गते दिउँसो ४ बजे आह्वान गरेसँगै संघीय संसद सचिवालयले अधिवेशनको तयारी पुरा गरेको बताएको छ । यस्तै राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन् । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै सबै राजनीतिक दलहरु यसको विरोधमा सडक संघर्षमा उत्रिएका छन् ।

यस सन्दर्भमा राष्ट्रिय सभाको यस अधिवेशनको प्रारम्भमा नै यस विषयमा विशेष रुपमा कुरा उठ्ने सम्भावनाबारे आशंकाहरु छन् । राष्ट्रिय सभाको यस अधिवेशनतर्फ सबै राजनीतिक दल, नेता, कार्यकर्ता तथा आम जनताको ध्यान तानिएको छ । खासगरी संसद विघटनको कदमको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन रहेको तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनका निम्ति निर्वाचन आयोगमा दुई दलले नै आधिकारिकता माग गरेको अवस्थामा संसद विघटनको कदम प्रति राष्ट्रिय सभा बैठकमा कसरी कुरा उठ्छ, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुको भूमिका यसपटक कस्तो रहन्छ र प्रतिपक्षी दलको भूमिका कस्तो रहन्छ भन्ने विषय नै मुख्य रुपमा चासोको विषय बनेको छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहाल संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकोले सर्वोच्चबाट निर्णय नआइकन राष्ट्रिय सभामा छलफल चलाउनु नहुने बताउछिन् । राष्ट्रिय सभाको यस अधिवेशनमा विधेयक पास गर्ने विषय नै मुख्य रहेको भन्दै उनले राष्ट्रिय सभाले आफ्नो विधि, कानुन संगत रहेर सदनलाई मर्यादित बनाउने तर्फ ध्यान दिने बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी( नेकपा) संसदीय दलका नेता दिनानाथ शर्माले समसामयिक राजनीतिक विषय, विकास निर्माण र जन सरोकारका विषय राष्ट्रिय सभामा स्वभाविक रुपमा उठ्ने बताए । प्रतिनिधि सभा विघटनको विषय चर्को रुपमा उठ्ने सम्भावना भएकोले ती विषयलाई दलको नेताको हैसियतले संयोजन, समन्वय गरेर राष्ट्रिय सभाको मर्यादालाई कायम राख्ने भुमिका आफुले निर्वाह गर्ने उनको भनाई छ । संसद विघटनको विषय सर्वाेच्चमा पुगेको र नेकपा विभाजनको विषयमा पनि निर्वाचन आयोगको निर्णय आउन बाँकी भएकाले नेकपा विवादको झलक राष्ट्रिय सभामा नदेखिने उनको भनाई छ । राष्ट्रिय सभाको गरिमा र मर्यादाको परिधिभित्र रहेर आफ्नो विचार अभिव्यक्त गर्न सबै सदस्य स्वतन्त्र रहेको भन्दै उनले राष्ट्रिय सभालाई अनावश्यक कुरा गर्ने थलो नबनाउने बताए ।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रिय सभा बैठकका लागि आवश्यक व्यवस्थापकिय काम पुरा भएको बताए । राष्ट्रिय सभा सदस्यहरुलाई भौतिक दुरी कायम गराएर राख्ने, सेनिटाइजरको व्यवस्था, तापक्रम नाप्ने सेन्सर जडित संयन्त्रहरुको व्यवस्था गरिएको र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गरी व्यवस्था गरीएको उनको भनाई छ ।

समसामयिक राजनीतिक विषयमा राष्ट्रिय सभाको सातौँ अधिवेशनमा के कसरी कुरा उठ्छ आम चासोको विषय बनेको छ । सत्तारुढ दल दुई भागमा विभाजन भएको अवस्थामा राष्ट्रिय सभामा सत्तारुढ दलका सांसदहरुको भुमिका कस्तो रहला र प्रतिपक्षीको भुमिकाको सम्बन्धमा पनि आम चासो रहेको छ ।

यस्तो छ राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपनि राष्ट्रिय सभाको बैठक भने आगामी पौष १७ गते बोलाइएको छ । राष्ट्रिय सभा अधिवेशनको मुख्य विषयवस्तु अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको पत्र, सरकारले जारी गरेका ७ वटा अध्यादेशहरु यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको अध्यादेश र संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशको विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

Advertisement

त्यसैगरी मन्त्रीपरिषद् पुर्नगठन सम्बन्धी पत्र, प्रतिनिधि सभा विघटन सम्बन्धी पत्र, राष्ट्रिय सभाले जारी गरेको समिति गठन सम्बन्धी आदेश, शोक प्रस्तवाहरु, संवैधानिक आयोगका प्रतिवेदनहरु, राष्ट्रिय सभाका विषयगत समितिका प्रतिवेदन, विधेयकको अवस्थामा सम्बन्धमा छलफल हुनेछ भने राष्ट्रिय सभामा दर्ता भई पेश हुन बाँकी विधेयकहरु विद्युत विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सुरक्षा मुद्रण सम्बन्धी विधेयक २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक २०७७ (गैरसरकारी) र सभामा प्रतिवेदन पेश भई पारित गर्न बाँकी विधेयकहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग(तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ को विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top