नेपाल प्रहरीका ९ एसएसपी डिआइजी बढुवाका लागि सिफारिस

१३ पुस, काठमाडौं ।

नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ९ एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको हो।

डीआईजी बढुवाका लागि सिफारिस हुने पहिलो नम्बरमा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत गणेशबहादुर ऐर छन् । प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा नक्साल, काठमाडौंमा कार्यरत पुरुषोत्तम कँडेल दोस्रो नम्बरमा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालय आतंकवाद नियन्त्रण महाशाखा नक्साल, काठमाडौंमा कार्यरत राजेश कुमार लाल कर्ण बढुवाको तेस्रो नम्बरमा छन् भने प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंमा कार्यरत डा देवबहादुर बोहरा चौथो नम्बरमा रहेका छन् ।

प्रहरी प्रधान कार्यालय यूएन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका दिवेश लोहनी बढुवाको पाँचौ नम्बरमा परेका छन् । १ नम्बर प्रदेश कार्यालय प्रहरी कार्यालय विराटनगरका रामकृपाल साह, प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षणालय नक्सालका उमेश रञ्जितकार, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा वैदेशिक महाशाखा नक्सालका प्रकाश अधिकारी र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा कार्यरत मुकुन्दराज आचार्य पनि बढुवाका लागि सिफारिस भएका छन् । मन्त्रिपरिषद बैठकले सिफारिसमाथि निर्णय गर्नेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top