कोरोनाको नयाँ प्रजाति नेपालमा भेटिएको हो ?

१३ पुस ७७, मंगलबार

१४ पुस, काठमाडौं।

बेलायतबाट नेपाल फर्किएकाहरुमध्ये केहीमा संक्रमण देखिए पनि नयाँ प्रजातिको भाइरस संक्रमण हो वा होइन भन्ने पुष्टि भएको छैन । हो वा होइन भनि यकिन गर्न जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । त्यसैले जिन सिक्वेन्सिङको प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही दिनअघि आएकाहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निगरानीमा राखेको छ । बेलायतबाट फर्केका मध्ये केहिमा संक्रमण पुष्टि भएको छ । पुष १ गते पछि बेलायतबाट नेपाल आएका २ सय ७७ जना सबैलाई क्वारेन्टिनमा नै बस्न भनिएको छ । ती मध्ये पछिल्लो समयमा नेपाल भित्रिएका १४ जनालाई भने कोभिड संकट व्यवस्थापन केन्द्रले नै संस्थागत क्वारेन्टिनमा राखेको छ ।

बेलायतबाट आएका मध्ये केहीमा संक्रमण देखिएको छ । तर उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो भन्ने पुष्टी भने भएको छैन । हो होईन पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने भएकोले त्यस्को प्रक्रिया अघि बढाईसकिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जानकारी दिए।

मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो । नयाँ प्रजातिको भाइरसका बिरामीको लक्षण पनि कोभिड–१९ कै जस्तै हुने चिकित्सकको भनाई छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top