×

NEPAL TIMES UPDATES

Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026

निरंकुश केपी ओली एण्ड प्रवृत्तिको आयु पुग्योः माधव नेपाल

१४ पौष, काठमाडौँ । नेकपाका अध्यक्ष माधवकुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको आयु पुगेको बताएका छन् । संसद् विघटनविरुद्धमा नेकपा (दाहाल(नेपाल) पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेपालले निरंकुश केपी ओली एण्ड प्रवृत्तिको अन्त्य भएको बताएका हुन् । ओलीले जनताले बनाएको संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गरेको नेपालको टिप्पणी थियो ।

ओलीको कदमविरुद्ध सडकमा आउँदापञ्चायतविरुद्धको बुटवलमा भएको संघर्ष सम्झना आएको उनले बताए । ‘निरंकुश केपी ओली एण्ड प्रवृत्तिको आयु पुग्यो । पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गरे । के त्यो राजनीतिक, संवैधानिक हिसाबले उचित छ ? हाम्रो आन्दोलनको चाहना अनुरुप छ ? जुनसुकै कोणबाट हेर्दा पनि त्यो निर्णय अनुपयुक्त छ । असंवैधानिक कदमलाई अस्वीकार गर्छौं,’ नेपालले भने ।

Advertisement
Advertisement

अध्यक्ष नेपालले ओली गणतन्त्रविरोधि भएको भन्दै यो व्यवस्थाप्रति उनलाई माया नभएको बताए । ‘कसरी ओलीले आन्दोलनको सन्दर्भ, गणतन्त्रको आन्दोलनका खिसिट्युरी गरेका थिए । उहाँले भन्नु भएको थियो वयलगाढा चढेर वासिङ्टन पुग्न सकिँदैन । महामहिम केपी ओलीले बोल्नु भएको थियो । त्यसकारण उहाँलाई गणतन्त्रप्रति माया छैन । परिवर्तनपछि माया छैन,’ नेपालले भने, ‘यो व्यवस्थाप्रति माया छैन । संघीयताविरुद्ध, संविधानविरुद्ध, लोकतन्त्रका मूल्यमान्यताविरुद्ध एकपछि अर्को कदम चाल्नु भएको छ । त्यसकारण जनता सडकमा उत्रेका छन् । नेकपामात्रै होइन अन्य दल पनि सडकमा उत्रेका छन् । २२ दलीय वामपन्थी मोर्चा पनि सडकमा उत्रेको छ ।’

Advertisement

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमप्रति मेचीदेखि महाकालीबाट पनि विरोध भएको नेपालले बताए । ‘समाजका सबै वर्ग, नागरिक समाज, पत्रकारदेखि सबैले प्रतिगामी कदम हो, यो कदम हामीलाई स्वीकार्य छैन । देशमा अस्थिरता निम्त्याउने छ । जनताको सुखका दिनहरु हामीले ल्याउन पाउने छैनौं भन्ने चिन्ता जाहेर गरेका छन् । त्यही कारण हामी सडकमा आएका हौं,’ नेपालले भने ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top