NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

उखु किसानको छटपटी : भुक्तानीका लागि लड्दालड्दै गयो ज्यान

बुधबार पुस १५ , २०७७
Reading Time: 1 min read
A A
आन्दोलनमा सहभागी एक उखु किसानको हृदयघातका कारण निधन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, सर्लाही : दिनको आन्दोलनपछि सोमबार सरकार र उखु किसान संघर्ष समितिबीच चारबुँदे सहमति भएको थियो । सहमतिको चौथो बुँदामा छ– ‘उखु किसानले काठमाडौंमा हाल गरिरहेको धर्ना तत्काल स्थगन गर्ने ।’ पैसा नै नपाई आन्दोलन स्थगन गर्ने निर्णयले सर्लाहीका ६४ वर्षीय किसान नारायण राय यादवलाई छटपटी बढ्यो । बैंक र सहकारीको ऋण र त्यसको बढेको ब्याजका अंक सम्झँदा व्यवहार कसरी चलाउने भन्नेमा दुविधा भयो । जोरपाटीको कृष्णप्रणामी मन्दिर परिसर पुगे ।

दिनभर माइतीघरमा आन्दोलनपश्चात् मन्दिर परिसरबाटै सोमबार यादवले जनता समाजवादी पार्टीका नेता केदारनन्दन चौधरीलाई टेलिफोन गरे । उनले भनेका थिए, ‘आन्दोलनमा बसेको दुई हप्ता भयो तर पैसा पाएका छैनौं । यता २१ दिनभित्र भुक्तानी गराउने सम्झौता भयो, अब बैंकलाई के जवाफ दिने ?’ गंगालाल हृदयरोग अस्पताल परिसरमा भेटिएका नेता चौधरीले उक्त संवाद सुनाउँदै भने, ‘उहाँले काठमाडौंबाट खाली हात कसरी घर फर्किऊँ ? के गर्ने, के नगर्ने भयो भन्नुभयो । मैले सम्झाउँदै खाना खाएर आराम गर्न र मंगलबार संघर्ष समितिका पदाधिकारीहरूसँग छलफल गरेर केही उपाय निकाल्नुपर्छ भनें ।’

गत वर्ष सरकारबाटै ठगिएका यादव सोमबारको चारबुँदे सहमतिबाट भुक्तानी पाउनेमा आश्वस्त थिएनन् । उनको मंगलबार हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको छ । ‘उनले खाली हात घर कसरी जाने, बैंकलाई के जवाफ दिने बारम्बार भन्दै आएका थिए,’ चौधरीले कान्तिपुरसँग भने, ‘मंगलबार बिहान अचानक फोन आयो ट्वाइलेटमा लडेर बेहोस हुनुभयो रे । अहिले यो दुःखद् घटना भयो ।’

LS Auto

माइतीघरमा सँगै आन्दोलनमा रहेका अर्का किसान पन्नीलाल यादवका अनुसार सोमबार दिउँसोसम्म नारायणको अवस्था ठिकै थियो । उनीहरूले बेलुकाको खाना धर्मशालामा सँगै खाएका थिए । ‘भात खाएपछि सँगै बसौं भन्दा मान्नुभएन । कपडाहरू मन्दिरमा भएकाले जोरपाटी नै जान्छु भन्नुभयो,’ गंगालाल अस्पतालमा भेटिएका पन्नीलालले भने, ‘धेरै तनावकै कारण यस्तो अवस्था भयो ।’

उनीहरूका अनुसार आफूलाई अप्ठ्यारो महसुस भएको भन्दै नारायणले बिहानको ५:४५ बजे बच्चु राय यादवलाई फोन गरेका थिए । ‘बाथरुम जान लागेको लडें । पसिना धेरै आयो, तपाईं छिटै आउनु । छाती दुख्यो, अस्पताल लिएर जानु भन्दै फोन गर्नुभयो,’ बच्चु रायले सुनाए, ‘ट्याक्सी खोजेर तत्काल चाबहिलको हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गर्‍यौं ।’ हेल्पिङका डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालालमा रेफर गरेका थिए । त्यहाँ सिटिस्क्यान गरिए पनि अन्य उपचार भने हुन सकेन ।

‘तनाव धेरै भएकै कारण यस्तो भयो । राम्रो उपचार गर्न नपाउँदै बित्नुभयो,’ मृतक नारायणका नातेदार महेन्द्र यादवले भने । उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायका अनुसार शव मंगलबार नै सर्लाही लगिएको छ । ‘नारायणले करिब १५ बिघामा उखु खेती गर्दै आएका थिए । तीन वर्षयता उखुको पैसा पाएका थिएनन्,’ उनले भने, ‘उद्योगीहरूले समयमै भुक्तानी नदिँदा यस्तो अवस्था भोग्नुपर्‍यो ।’ मृतक नारायणका तीन छोराबुहारीसहित १९ जनाको परिवार छ । उखु खेती गर्ने अधिकांश किसानले बैंकबाट ऋण लिएका छन् । समयमै तिर्न नसक्दा ब्याज पनि बढ्दै गएको उनीहरूको दुखेसो छ । मृतक नारायणले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६३ हजार रुपैयाँ पाउनुपर्ने थियो । उखुको पैसा माग्दै उनी पनि माइतीघरमा आन्दोलनमा थिए । चार दिनअघि अन्नपूर्ण मिलबाट १ लाख ६० हजार रुपैयाँ पाएका उनको ब्याजसहित बैंकलाई तिर्नुपर्ने रकम करिब २२ लाख पुगेको नातेदार महिन्द्र राय यादवले बताए ।

उखु किसानहरू माइतीघरमा मंसिर २८ देखि आन्दोलनमा थिए । चार/पाँच वर्षदेखिको भुक्तानी करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता उखु किसान निरन्तर आन्दोलित छन् । २०७६ पुस १८ मा उद्योग मन्त्रालयमा कृषक र चिनी मिल उद्योगीबीच भएको सम्झौतामा माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो । तर, उद्योगहरूले भुक्तानी दिएका थिएनन् । गत कात्तिक २३ मा किसानहरूले उद्योगमन्त्री लेखराज भट्टलाई स्मरण पत्र बुझाउनुका साथै भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर भुक्तानीमा पहल गरिदिन आग्रह गरेका थिए । आश्वासन कार्यान्वयन नभएपछि किसान आन्दोलनमा उत्रिएका हुन् ।

यसबीचमा केही उद्योगीहरूले भुक्तानी गरे पनि अन्नपूर्ण, इन्दिरा, श्रीराम र लुम्बिनी सुगर मिलले पूरा भुक्तानी गरेनन् । चिनी मिलहरूले अझै ९० करोड भुक्तानी गर्न बाँकी रहेको किसानले बताउँदै आएका छन् । उद्योगीले भने मन्त्रालयमा करिब ६५ करोड बाँकी रहेको जनाएका छन् । उपत्यकामा दोस्रो पटक किसान आन्दोलनमा उत्रिएपछि श्रीराम सुगर मिलले करिब २५ करोड ३० लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको दाबी गरेको छ । अन्नपूर्ण सुगर मिलले पनि पुस ५ देखि दैनिक करिब एक करोडका दरले भुक्तानी गरिरहेको जनाएको छ । लुम्बिनी सुगर मिलले किसानसँग माघ १ भित्र सबै भुक्तानी गर्ने सहमति गरेको जनाएको छ । किसानलाई भुक्तानी नगर्ने उद्योगीलाई सरकारले पटकपटक कारबाही गर्ने दाबी गरे पनि कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

‘काठमाडौंमा आएर दोस्रो पटक आन्दोलन गरेका छौं । जिल्लामा पनि ५/६ पटक आन्दोलन भयो, अहिले रकम लिएरै तराई फर्किने अठोटमा थियौं,’ संघर्ष समितिका महासचिव गोपाल यादवले भने, ‘अहिले देशको परिस्थिति अर्कोतर्फ मोडियो । आन्दोलन गरिरहनुभन्दा वार्ताबाट सहमतिमा जानैपर्ने भयो ।’ चिनी उद्योगीको सेयर रोक्का, जग्गा लालपुर्जा रोक्का र २१ दिनभित्र भुक्तानी नगरे कडा कारबाही गर्ने सरकारले प्रतिबद्धता जनाएपछि सहमति गरेको उनले दाबी गरे ।

उनका अनुसार उखु किसान नारायणको निधन भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह र कृषि मन्त्रालयका पदाधिकारी पनि गंगालाल अस्पताल पुगेका थिए । किरिया खर्चका लागि मृतकका परिवारलाई २५ हजार रुपैयाँ दिएका छन् । धनकौल गाउँपालिका–७ छटौलका नारायण राय यादवको बैंकको ऋण तिर्ने सपना पूरा हुन सकेन । उखुको भुक्तानीका लागि आन्दोलन गर्न जानेबारे तीन साताअघि गाउँमा छलफल भएको थियो । उक्त छलफलमा आन्दोलनका लागि जान सबैभन्दा अघि सर्नेमा नारायण थिए ।

नारायणको आम्दानीको मुख्य स्रोत खेती नै थियो । चार वर्षदेखि धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा उखु बेचेको २४ लाखभन्दा बढी रकम उनको बाँकी छ । खेतीमा बर्सेनि परेको लगानीले बढेको ऋण र परिवारको खर्चको तालमेल मिलाउन नसक्दा उनी तनावमा थिए । उनले गाउँकै एक सहकारीबाट ६ लाख, मलंगवास्थित दसहारा सहकारीबाट ७ लाख र सहारा विकास बैंकबाट ५ लाख ऋण लिएका थिए । ब्याज थपिँदै ऋण बढ्दा उनी निकै चिन्तामा देखिन्थे । खेतीमा उनलाई तीन छोराले सहयोग गरे पनि लगानी नउठ्ने अवस्था नहुँदा उनी बैंकको सहारामा पुगेका थिए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.