×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सवारी आयात घट्यो

१५ पुष २०७७

पर्सा: आयातका लागि मुख्य नाका रहेको वीरगन्जबाटै सवारीसाधन आयात घट्दो छ । यसले सवारीसाधनको आयातबाट संकलन हुने राजस्वमा पनि गिरावट आएको छ । वीरगन्ज भन्सार कार्यालयको गत आर्थिक बर्षको र चालु आर्थिक बर्षको मंसिरसम्मको तथ्यांकले यो नाका भएर हुने प्रायः सवारीसाधनको आयात घटेको देखाउँछ ।

चालु आर्थिक वर्षको मंसिरसम्म यो नाका हुँदै २ अर्ब ८२ करोड रुपैयाँ बराबरको २ हजार ५ सय ७८ थान जिप, कार, भ्यान आयात भएका छन् । गत आवको यसै अवधिमा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको ४ हजार २ सय ५१ थान सवारीसाधन आयात भएका थिए । चालु आर्थिक वर्षमा सवारीसाधनको आयात झन्डै आधा घटेको छ ।

Advertisement
Advertisement

चालु आवको मंसिरसम्म यो नाका हुँदै ३ अर्ब २९ करोड रुपैयाँ बराबरको ३७ हजार ६ सय ६१ थान मोटरसाइकल आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको ४३ हजार ५ सय ७२ थान मोटरसाइकल आयात भएको थियो । चालु आर्थिक वर्षको मंसिरसम्म ७२ करोड ६२ लाख रुपैयाँ बराबरको ५ सय ६ थान डबल क्याब पिकअप गाडी आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सवारी १ अर्ब ५६ लाख रुपैया बराबरको ७ सय ३० थान आएको थियो ।

चालु आर्थिक वर्षको मंसिरसम्म ३५ करोड ७८ लाख रुपैयाँ बराबरको ५ सय ६२ थान सिंगल क्याब पिकअप गाडी यो नाका भएर आएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ५३ करोड ३४ लाख रुपैयाँ बराबरको ७ सय ६५ थान यस्ता सवारी आयात भएका थिए । चालु आर्थिक वर्षको मंसिरसम्म यो नाका भएर १ अर्ब १२ करोड रुपैयाँ बराबरको ४ सय ८० थान ट्रक तथा मिनी ट्रक आयात भएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा २ अर्ब २९ करोड रुपैयाँ बराबरका ८ सय ६७ थान यस्ता सवारीसाधन आएका थिए ।

Advertisement

यो नाकाबाट बस ट्रकका चेसिस, अटोरिक्सा र मिनी बसको आयात पनि घटेको छ । यस वर्ष मंसिरसम्म यो नाका हुँदै ५३ करोड ९९ लाख रुपैयाँ बराबरका २ सय ९७ थान बस ट्रकका चेसिस आयात भएको भन्सार कार्यालयको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १३ करोड रुपैया बराबरका ६ सय ७८ थान यस्ता सवारी भित्रिएका थिए ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top